मदनकृष्णकी छोरी गायनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 नवोदित गायिका साराना श्रेष्ठले आफ्नो पहिलो सांगीतिक सृजना पानी छायाँ स्रोता समक्ष प्रस्तुत गरेकी छिन् ।
सानै उमेरदेखि आफ्ना पीता वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ सङ्गै गुन गुनाउदै गरेकि साराना कुनै बेला गायिका बन्ने सपना देख्नुहुन्थ्यो । अमेरिकामा बस्दै आउनुभएकी उहाँले अहिले बल्ल म्युजिक भिडियो मार्फत त्यो सपना पूरा गर्ने अवसर पाउनु भएको हो ।
पानी छायाँलाई दर्शक समक्ष ल्याउन राजधानी आज आयोजित भिडियो लोकार्पण कार्यक्रममा दिएको जानकारी अनुसार मायाप्रितीका भावहरुले भरिएको गीत “पानी छायाँ” को शब्द रचना राजेन्द्र थापाले गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नवगयिका सारानामा प्रतिभाशाली गायक बन्न सक्ने क्षमता रहेको भन्दै उहाँलाई बधाई समेत दिनुभएको थियो।
म्यूजिक भिडियोका प्रसिद्ध निदेशक सुब्रत राज आचार्यले निदेशन गर्नुभएको “पानी छायाँ” गीत भिडियोमा सरना श्रेष्ठको अभिनय समेत हेर्न सकिने छ । यस म्यूजिक भिडियोमा राजनराज सिवाकोटी संंगीतत दिनुभएको छ ।

म्यूजिक भिडियोमा लोकार्पण कार्यक्रममा मदन कृष्ण श्रेष्ठसँगै हरिवंश आचार्यलगायतका वरिष्ठ कलाकारहरू उपस्थिति थियो ।