रहरको पुल बनेन, बगरको बाटो तिरै तिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुवात गरिएको ३ वर्ष पूरा हुदा पनि बारा जिल्लाको बालगङ्गा पुल निर्माण सम्पन्न हुन सकेको छैन । करिव 90 फिट तल बाट पिलर राखेर निर्माण गरिएको पुल अबको १८ महिना पछि यात्रुले पुलबाट सवार गर्न पाउने भएका छन् । घामछायासङ्ग संवादमा बसेको उक्त पुल निर्माण समितिले केही वर्ष विवाद उत्पन्न भएकाले गर्दा नै निर्माणमा ढिलाइ भएको समितिले सहर्ष स्वीकार गरेका छन् । असार श्रावणका बाढीका बेला पौडी खेल्दै पनि आफ्नो यात्राको गन्तव्यमा पुग्न विवस थे । जितपुर सिमरा उपमहानगरपालिका १८ नम्बर वडाको बडहर्वा बाट सिमरा सम्म सिमा जोडिने बाटो अन्तर्गत रहेको छ बालगङ्गा । करिब १३० मिटरको लम्बाईमा निर्माणधीन पुल बाराको बडहर्वा , सखुइ र फत्तेपुरमा बसोबास गर्ने स्थानीयको नम्बरी जग्गामा पुल निर्माण भईरहेकोले विवाद उत्पन्न भएको निर्माण समितिले घामछायालाई जानकारी दिएका छन् ।

कस्तो निर्माण हुँदै छ त पुल

९० फित तलबाट  बडहर्वा सिमरा जोडिने पुल करिब ४ वटा पिलर राखेर १३० मिटरमा २ लेनको पुल  निर्माण हुनि तयारी भईरहेको छ । पुल निर्माण समितिले बैशाखमा सबै काम सकाएर स्थानीयलाई जिम्मा लगाएपनि यात्रुले निर्माण गरेको छ महिना पछि मात्र सवार गर्न पाउने भएका छन । केही समयको विवाद पछि सप्पन्न पुलले   मानिसमा त हर्षको वर्षात हुने धारणा समितिको रहेको निर्माण समितिले जानकारी दिनु भयो । २०७० सालमा आएको बालगङ्गाको बाढीले कति स्थानीयको अन्नबाली नष्ट भएको थियोे भने कतिको जग्गा नै बगरमा परिवर्तन हुन पुगेको थियो ।

एकातिर त पुलको निर्माणको खबरले निकै हर्षित देखिएको अनुहार अहिले बगरको यात्रा गर्न विवस भएका छन् । बगरको यात्रा गर्दा कहिले साधन फस्ने त कहिले बालुवामा पाग्रा फसेर लड्ने गरेका छन । असार श्रावणको भेलमा त यहाको स्थानीय कम्मर बराबरको पानी तरेर जोखिमयुक्त यात्रा गर्न समेत बाध्य बनेका छन्  । एकातिर भ्रमण बर्ष २०२० लाई सफल पार्दै भ्रमण बर्षका पर्यटकलाई स्वागत गर्न निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलको तोकिएको स्थानबाट करिब यो पुल १५ किलोमीटर टाढा पर्छ ।

किन ढिलाई भयो त निर्माण कार्यमा

कुनै पनि संरचना निर्माण गर्दा बिवाद उत्पन्न हुनु एउटा सामान्य रूपमा लिइन्छ त्यस्तै विवादमा करिव १ बर्ष निर्माणकार्य रोकिन पुगेको थियो । पुल निर्माण गर्दा बनाएको बाध स्थानीयको जग्गामा परेपछि स्थानीयले बाध खोलेर निर्माणधीत पुलले रुप फेर्न सकेन रुप फेर्न पनि तयार भएको बालगङ्गा आफ्नै पुरानो रूपमा आईपुग्यो त्यहिपनी विवाद मिलाएर गर्ने क्रममा मजदुर र मिस्त्रीको कमीको कारणले गर्दा पनि पुल निर्माणमा बाधा पुग्यो अहिले विवाद मिलेपछि पुलके नयाँ नक्सा फेर्दै बाराका स्थानीयलाई उपहारस्वरुप बैशाखमा स्थानीयले पाउने भएको छन् ।