०९ माघ। वि स २०७२ को बैशाख १२ गतेको महाभूकम्पको ४ वर्ष बितिसके पनि त्यसको प्रभाव अझै न त् नेपाली मस्तिस्कले बिर्सेको छ न त् भौतिक दृश्य नै बद्लिएको छ। तर मस्तिस्कको सम्झनालाइ हटाउन नसके पनि भौतिक दृश्यलाई सुधार्ने कार्यमा गतिलो फड्को मारेको छ काठमान्डौ महानगरपालिकाले।
यो पनि पढनु होस्…. काठको कष्ट झेलेर ़़़ https://ghamchhaya.com/?p=708
महाभूकम्पमा क्षति भएका भौतिक पूर्वाधारहरुको विकास कार्यको जिम्मा पाएको काष्ठ्मन्ड़प पुननिर्माण समितिले निर्माण कार्यलाई गति दिएको छ। काठमान्डौ महानगरपालिकाको आर्थिक सहयोगमा महानगर भरिकै एेतिहासिक,धार्मिक तथा प्राकृतिक पहिचान र महत्व बोकेका ठाउँहरुको पुननिर्माणमा लाग्ने रकम काठमान्डौ महानगरपालिकाले पूर्ति गर्दै आएको छ।
सो रकम पूर्ति गर्ने क्रममा महानगरले एक कार्यक्रमको आयोजना गरि निर्माणका लागि चाहिने ५ करोड रकम निर्माण समितिलाई हस्थानातरण गरेको छ। आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा काष्ठ्मन्ड़प पुननिर्माण समितिलाई काठमान्डौ महानगपालिकाद्धारा ५ करोड रकम उल्लेख गरिएको नबिल बैंकको चेक हस्थान्तरण गरिएको छ।
पुननिर्माणमा लाग्ने काठ पुरै तराइका जंगलबाट स्थानीय तथा प्रदेश सरकारको समन्वयमा प्राप्त गर्दै आएको निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनु भयो। थप उहाले ५५ प्रतिशत कार्य भइसकेको अबको ३ वर्षमा शत प्रतिशत कार्य सम्पन्न हुने दावी गर्नुभयो। “जटिल कार्यको चरण सकिएको छ” उहाले भन्नुभयो

काठमान्डौ महानगर प्रमुख विद्यासुन्दर शाक्यले अहिलेसम्म प्रदान गरिएको गरिएको रकम सबै जनप्रतिनिधिहरुको सहयोगी भावनाले मात्रै सम्भव भएको बताउनु भयो। हाल सम्म प्रदेश सरकारको वैचारिक सहयोग पाए पनि आर्थिक सहयोगको आवश्यकता नपरेको र आवश्यक परे बागमती प्रदेश सरकार समक्ष पनि प्रस्ताव राख्न सक्ने सम्भावना पनि उहाँले प्रकट गर्नुभयो
संघिय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठले रकमबाट काष्ठमण्डपको संरचनागत कार्य पुरा हुने र अन्तिममा नपुग्न सक्ने रकमका लागि अहिल्यै देखि पहल गरिने बताउनु भयो ! 

प्रतिक्रिया