किमा नुडल्स र थांकामा चासो लिन्छन् चिनियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बौध्दनाथ क्षेत्र विकास समितिका कर्मचारी सूर्य लामा विहान ७:०० देखि दिउँसो ६:०० बजेसम्म बौद्ध तिरै खटिनुुहुन्छ । उहाँका अनुसार मौसम विशेष (सिजन)मा दैनिक ८ सयदेखि हजारसम्म विदेशी पर्यटक आउने गर्छन् । अहिले अफ सिजनका भएकाले दुईसयदेखि ४ सयसम्म मात्र पर्यटकहरू बौद्धनाथ क्षेत्रमा आउने गरेका छन् । सो क्षेत्रमा आउने गरेका पर्यटकहरू मध्ये चीन र भारतबाट धेरै आउने गरेका छन्, साथै पर्यटकका सख्या बढ्ेका बताउनुभयो । साथै चिनियाँ पर्यटकहरुका मात्रा अत्याधिक रुपमा बढेको र धेरै जसो पर्यटकहरु बौध्दनाथ स्तुपको ईतिहास बुझ्न र चिनियाँ भाषाको पुस्तकको खोज गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले बौध्दनाथ क्षेत्र विकास कोषका कर्मचारीहरुका लागि चिनियाँ भाषा कर्मचारीहरुलाई सिकाइने व्यवस्था गरिएको जानकारी पनि दिनुभयो ।

शिव ब जैनले कोषको प्रबन्धकका रुपमा कामगदै आउनुभएको एक वर्ष भयो ।उहाँका अनुसार दैनिक १५ देखि २० चनियाँ पर्यटकहरु आउने गर्छन् । चिकेनसँंग बदाम, सुंगुरको मासु, आदुवा कागतीको चिया, जडबुटी हालेको चिया जस्ता परिकारहरु चिनियाँ पर्यटकले बढी रुचाउँछन् ।
यस्तै, बौद्ध क्षेत्रमा बाह्र वर्षदेखि “सारा उद्यमहरू” थाङ्गका केन्द्र र प्राकृतिक चिकित्सा केन्द्र दुवै गर्दै आउनु भएका कृष्णबहादुर अधिकारीका अनुसार दिनमा ८० देखि जना सयसम्मचिनियाँपर्यटकहरु दैनिक थाङका किन्ने रुचि देखाउँछन र कहिले देखि थाङकाको चलनआएको, कति समय लाग्यो जस्ता प्रश्नहरु गर्छन् । उहाँ काअनुसार विगतमा चिनियाँ पर्यटकहरु दैनिक जसो थाङका खरिद गर्न आउनेमा तर अहिले त्यसरी आउने चिनिया पर्यटकहरु घटेनुका साथै मूल्य नमिलेर थाङका छोडेर जाने गरेको जस्ता कार्यहरु गरेको बताउनुभयो ।
बौद्धको होटलहरु मध्ये खवाकापो स्वादिष्ट नूडल्स कारखानाको चिनियाँ पर्यटक ग्राहकका रुपमा आउने गरको खवाकापो स्वादिष्ट नूडल्स कारखानाका संचालक छिरिङ लामाले बताउनुभयो ।
लामाका अनुसार सुख्खा थुक्पा, किमा नूडल्स, मिक्स नूडल्स, लापिंmग, चिया पिउन नियमित ग्राहकहरु आउने गछन् । पर्यटक ग्राहकको सङ्ख्या बढ्दै गएको तथा उनीहरु विशेष गरी सुख्खाथुक्पा र लाफिगको अर्डरका गर्नुका साथै पिरो कम खान्छन् लामाले बताउनुभयो । एक पल्टा आएका ग्राहकहरु फेरी आउने पनि गरेका छन् ।
बौद्धको सुख्खा थुक्पा, किमानूडल्स, लाफिग र नूनचिया पिउन काठमाडौंबासी पनि विभिन्न ठाउँ(ठाउँबाट आउने गरेको पाइन्छ । बौद्ध क्षेत्रमा दश वर्षदेखि बौद्ध थाप रेस्टुरेन्ट सञ्चालन गर्दै आउनु भएका मिङमर लामाको रेस्टुरेन्ट बौद्धनाथ स्तुप भित्र रहेको छ । उहाँको रेस्टुरेन्टमा दैनिक रुपमा ग्राहकहरु खाजा तथा खाना खान आउने उहाँको भनाइ छ । होटलहरुको सख्खा बढ्नुका कारण ग्राहकको संख्खा घटेको जस्तो देखिन्छ ।
गत एक वर्षदेखि हिमालयन एस्प्रेसोमा प्रबन्धकका रुपमाकामगदै आउनुभएका रामकृष्ण रायमाझीकाअनुसार दैनिक दस देखि पन्ध्र चिनियाँपर्यटकहरु आउने गरेका छन् । साथै धेरै जसो कफी र बेकरी आइटम अर्डर गर्ने गरेका बताउनुभयो ।