नेपाली सेनाले अन्नपूर्ण आधार शिविरको पदमार्गमा गएको हिमपहिरो परी बेपत्ता भएका चार जना कोरियन पर्यटकहरु तथा तीन जना नेपाली गाईडको खोजी जारी रहे पनि मंगलबार अपरान्ह ५ वजेसम्म केही फला नपरेको बताएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस नोटमा गत माघ ३ गते गएको उक्त हिमपहिरोमा परेका हरुको खोजी कार्य जारी राखिने उल्लेख छ ।
विज्ञप्तिमा खोजी कार्य पोखरास्थित नेपाली सेनाको सेकेण्ड रेञ्जर गणको उद्धार टोलीले मंगलबार देखि खोजी जारी राखेको समेत उल्लेख छ ।
सेनाको उद्धार टोलीललाई घटनास्थलबाट करिब २० मिनेटको पैदल दूरीमा रहेको देउराली नामक स्थानमा पुर्याइएको थियो । घटनास्थलमा नेपाली गाइड पुरिएको हुनसक्ने स्थानमा खोजी जारी राखिएको हराएका गाइडका दुई जना आफन्तलेसमे उद्धार कार्यमा सहयोग गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ
प्रतिक्रिया