‘गाई पालेरै मासिक लाख’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुरबाट करिब तीन दशकअघि आफ्नो भविष्य बनाउन राजधानी छिरेकी पार्वति कटुवाल  अहिले राधानीको गोठाटारमा १६ वटा गाई पालेर दूध बेच्नुहुन्छ । त्यो दूध किन्नेहरु मध्ये धेरै जसोले एकै खालको कारण बताउँछन्, आफूलाई चिया खानका लागि त डेरीकै दूध हुन्छ तर बच्चालाई त गाईकै चाहियो नी । के गर्नु राम्ररी खाना खाँदैनन्, आमाको दूध आउँदैन र आए पनि पुग्दैन अनि गाईको नख्वाए के गर्नुे ?
आफ्ना ग्राहकहरुले यसो भनिरहँदा पार्वती कटुवालको दिमागमा भने २३ वर्ष अघि आफूले दूधकै लागि पाएको हैरानीको दृश्य आइपुग्छ । उहाँ छोरी बिरामी परिरहन्थिन्, पोषण पनि नपुगे जस्तो हुन्थ्यो, आफ्नो दुध पुग्ने गरी आउने । त्यतिबेला पैसा भएकाहरुले ल्याक्टोजिन दूघ किनेर बच्चालाई दिन्थ्ये । एउटा सरकारी कार्यालयमा ज्यालादारी नोकरी गर्ने उनी र मजदुरी गर्ने पतिका लागि ल्याक्टो जिन पनि महंगो शोख हुने अवस्था थियो ।

‘यस्तो अवस्थामा एउटै उखानले काम गथ्र्यो, त दूघ खुवाउनै पर्यो, सकेसम्म माईको नभए गाईको’ । कतैबाट गाईको दूध ल्याउन थाल्नुभयो, पार्वतीले । तर दुध कहिले काहीँमात्र चित्त बुझ्दा आउँथ्यो धेरै जसो आधा पानी मिसिएको । पार्वतीलाई लाग्थ्यो, ‘यस्तो दुधले छोरीको जिउमा के पोष लागोस्’?
यस्तो स्थितिबाट उम्किन अबै आफैं गाई पाल्ने निधो गर्नुभयो पार्वतीले । ‘गाउँमा भकारो सोहोरेकै हो; अब यहाँ सोहोर्न के को अप्ठ्यारो ?’,  यस्तो निश्चय गरेर गाउँ खोज्नलाई सर्वत्र धाएपछि भिमसेनगोलाबाट चार माना दूध दिने गाईलाई छ हजार रुपैयाँ तिरेर गाई पालन सुरु गर्नु भयो  ।
गाइ पाल्न थालेपछि तत्कालै समस्या देखियो, आफू र श्रीमान दुवै कमाउन हिँडेपछि बालबच्चा कसले हेर्ने ? समाधान एउटै थियो, जागिर छोड्नु पर्यो । परिस्थितिले त्यतै लगेपछि जागिर छोडेर गाई र बच्चा हेर्न थाल्नुभयो । त्यसरी हेदा एउटा बाट दुईवटा र तीनवटा हुँदै संख्या बढन थाले र छोरीका लागि दूधको ब्यवस्थ गर्न खोजिएको उपाय जीवन नै फेरि दिने माध्यम बन्न पुग्यो
यसरी गाई पालनलाई व्यवसायको रूप दिएका उदयपुुरे पार्वती कटुवाल अहिले समाजका एक सफल गाइ पालकको मात्र होइन राम्रो कमाउन विदेश जानु नपर्ने कुराको समेत उदाहरणका बन्न पुग्नु भएको छ यसले गर्दा कमाउनका लागि विदेशी माटोमा पसिना पोखेरै जवानी सिध्याउने सोच उनीहरुमा कहिल्यै आएन ।

छोरीका खुसीका लागि किनेका गाईमै आफ्नो भविष्य देखेपछि पार्वति र उनका श्रीमानले गाईपालनलाई अगाँलेका थिए कटुवाल परिवारले । पहिला परिवार पाल्न धौधौै पर्ने परिवारमा अहिले यहि गाई पालनबाट नै छोरीहरुको पढाई अघि बढाएका छन् । वि.स. २०५४ साल असार २ गतेबाट आफ्नो गाईपालन गरेका कटुवालले व्यवसायकै कमाईले जग्गा समेत किन्न सफल भइसकेका छन् । कटारी जिल्लामा घर भएका पार्वतिले राजधानीमै भविष्य देखेपछि उनले काठमाडौँको गठ्ठाटारमा आफ्नो व्यवसाय सुरु गरेका थिए । बिगतमा आफ्नो जीवन धान्न कठिन परिवार अहिले मासिक गाईपालनबाट करिव १ लाख ५० हजार बराबरको आम्दानी लिइरहेका छन् ।

सुरुवाति चरणमा गाईलाई खुवाउने भनि चिन्तित देखिने परिवार अहिले विरगंजबाट भुसा ढुवानी गरि र राजधानीकै विभिन्न कम्पनीसगँ दाना सम्झौता गरि आफ्नो घरसम्म ल्याएपछि अहिले कटुवाल परिवारमा खुसीले रौनक छाएको छ । सुरुवाति चरणमा ३० रुपैयाँ प्रतिलिटरमा दुध बेचेका परिवार अहिले प्रतिलिटर ७० रुपैयाँका दरले बेचिरहेका छन् । कटुवाल परिवारले राजधानी ८० घरजतिलाई दुध वितरण गर्ने गर्छन् । ६० प्रतिलिटर बेचिरहेका बेला नेपाल सरकारले १० रुपिया प्रतिलिटर बढाएपछि झन् हर्षित बन्न पुगेका छन् । कटुवालको परिवारमा ३ छोरीहरु छन् । केहि समय विद्यालयमा पढाउदै आएका उनका छोरीहरु पनि गाईपालनलाई नै बढि प्राथमिकताका बिषय बनाइ रहेका छन् ।
बेलुकी समय होम टिउसन पढाउछन् भने बाकीँ समय गाईपालनलाई दिने गरेका छन् । कटारीमा आफ्नो भविष्य नदेखिएपछि कटुवाल परिवार राजधानी भित्रेका थिए । छोरीलाई
गाई पालन व्यवसायले जीवनशैली नै परिवर्तन गर्छ भन्ने सोच नरहेको कटुवाल परिवारले घामछाँयासँँग बताएका छन् ।

कटुवाल परिवार कति पटक त गाई पालनको निम्ति बैक ऋण लिन पनि गएका थिए तर बिडम्बना यस्तो बन्न पुग्यो कटुवाल परिवारलाई ऋण सोचेभन्दा परको बिषय बनेर रह्यो । त्यति गर्दापनि हिम्मत लिदै अघि बढेका परिवार बताउछन् । पहिला पार्वति र उनका सन्तान हुर्काउन कठिन परिवार अहिले आफ्नो सन्तान खुसीसाथ हुर्काउन र सोचेभन्दा बढी शिक्षा दिन पनि सफल भएका छन् । संवाद गर्ने क्रममै हामीले तपाईलाई विदेश जाने सोच किन आएन भन्दा उहाहरु भन्नुहुन्छ ‘‘ हामी विदेश जान्छु भन्ने सोचेका भए यो स्थानसम्म आईपुग्ने थिएनौ, सन्तानबाट पनि टाढिएर बस्न बाध्य हुन्थ्यौ , तर हामीले आफ्नैका साथमा रम्दै आफ्नो भविष्य बलियो बनाउने रुपमा फेला पा¥यौ र यसरी आय आर्जन लिन पाइरहेका छौँ ।’’ एकातिर खुसीको बीचमा रमिरहेको जीवन गाईलाई के खुवाउदा उचित हुन्छ भन्नेसोचको चपेटाको बीचमा परेका छन् । उनीका घरमा गाईपालाको सुरुवाति चरणबाट हालसम्म आइपुग्दा उनका जर्सि र लाकल जातका गाईहरु पालेका परिवार दिनको १०० लिटरसम्म दुध बेच्न सफल रहेका छन् । आफ्नो सरकारी पेसालाई छोडेर यहि गाईपालनलाई निरन्तर अघि बढाएका कटुवाल परिवार यतिबेला खुसी र हौसलामय जिवन जिउदै समाजमा सफल उदाहरणको पात्रका रुपमा देखा परेका छन् ।