दुर्घटनामा एकको अवस्था गम्भिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्साको विरगन्ज-१७,अलौँ गाउँ अगाडि छव गछिया नजिकै मोटरसाइकल दुर्घटना भएको छ। साझ ०७ बजेको करिब भएको दुर्घटनामा परि विन्दवासिनी गा.पा. वडा नं. ०२ गर्दौल घर भएका मोटरसाइकल चालक अन्दाजी ३५ वर्ष उमेर भएको नाम नखुलेका व्यक्ती गम्भीर घाइते भएका छन । ना ३४ प ३०३० नम्बरको पल्सर मोटरसाइकल लाई ना ०७ ख १६१४ नम्ब

रको ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक  गम्भीर घाइते भएका प्रत्यक्षदर्शीहरुले बताएका छन ।निजलाइ उपचारका लागि घटना स्थलमा जम्मा भएका व्यक्तिहरु द्धारा अस्पताल पुर्याइएको छ। दुबै सवारी पुर्व दिशा बाट पश्चिम दिशाका लागि आउदैगरेका स्थानिय एक जनाले नाम नबताउने सर्तमा जानकारी गराएका छन। ट्रकलाइ नजिकै रहेको राइस मिलमा नियन्त्रण गरि राखिएको छ। ट्रक चालक बेपत्ता रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ।