‘नगा’ भन्नेहरु मेरै गीतमा नाच्दैछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आर के खत्री आधुनिक पप गायन क्षेत्रमा एउटा छुट्टै परिचय छ । आफनै दाइ कमल खत्रीको गीतबाट प्रभावित भएर आफ्नो गायन यात्राको बाटो रोजेका खत्री , खत्री परिवारमा कमल खत्रीपछि सफल गायन करिअरको दोस्रो उदाहरण हुन । सानो उमेरमा आफ्नै दाइ कमल खत्रीका गीत सुन्दै दाईकै गीतबाट अभ्यास सुरु गरेका आर के यतिबेला आधुनिक पप जगतमा एउटा उदीयमान ताराको रूपमा पनि चिनिन्छन् । माता लक्ष्मी देवी खत्री र पिता पुष्कर बहादुरको छोराका रूपमा जन्मेका आर के सानै उमेरबाट मेलापात गोठाला जाने क्रममै आफ्नो गायनलाई अगाडि लान्छु भन्ने लक्ष्य लिएका खत्री अहिले आफैले आफू सफल भएको अनुभव पनि गर्न थालिरहेका छन् ।

सानै उमेरमा नै विद्यालयको विभिन्न कार्यक्रममा सहभागी हुने गर्थे । पछिल्लो समयमा उनीले रातो लिपिस्टिक , नशालु आखाले मलाई गोलि हान्यो जस्ता गितबाट निकै नै चर्चा पनि बटुलेका छन् । उनक गायनका सुरुवाती चरणमा आफ्नैका साथ नपाएका खत्री आफुले गाएको गीतले चर्चा बटुलेपछि सबैका मायामा रम्न पाएका छन् । एकाएक उनीले आफ्नै नया एल्बम बजारमा आउन ढिला हुदा कति दर्शकहरू आर के कहाँ हराएका छन् भनि गुनासो पनि आएका थिए । उनका जिवनमा सधै जितको खुसी र रौनकले गर्दा नि उनले हार के हो भन्ने जिवनमा देख्नुपरेको छैन । सधै जितको सिढी चढेकाले गर्दा होला जस्तोसुकै चुनौतीलाई नि सजिलै पार गरि एउटा जितको अब्बल र मजबुत खब्बाको रूपमा खडा हुन सफल भएका छन् । आर के खत्री गायनको उचाईमा केके संघर्ष गरे यसबारे घामछाँयाका संवाददाता उमेश थपलिया सङ्ग गरिएको कुराकानी : ,

तपाईले गायन यात्रा कसरी प्रारम्भ गर्नुभएको थियो ?

मेरो गायन यात्रा मैले करिब ६ बर्ष अगाडि मेरो पहिलो रातो लिपिस्टिक नबब गित गाए त्यो भन्दा अगाडि मैले आफ्नै दाइ कमल खत्रीको गीतहरु सुन्थे र मेरो आफ्नो दाइ स्वयम् नै गायक भएको भएर होला म पनि रुचि राख्न थाले म करिव १० , ११ वर्ष देखिनै गाउथे तर औपचारिक गायनमा पाइला चाल्न थालेको चाहि त्यही ६,७ वर्ष भयो ।

तपाईले दाईको गीत सुनेपछि आफूमा एउटा गायक बन्र्न सपना पलायो भन्नू भो, के साथीभाइले तपाईलाई गायक बन भन्ने गर्थे त ?

खास त मलाई गीत गाउँ तिम्रो आवाज गीत गाउने प्रकारको छ , तिमीले गीत गाएर खान्छौ , तिमीले गाउनुपर्छ भन्ने कोही आएनन् बरु तैले गीत गाएर के गर्छस तैले गीत गाउन थालिस भने तेरो भविष्य छैन तेरो आवाज पनि गीत गाउने छैन त गीत नगा गीत गाउने पैसा अन्त्यै लगानी गर तेरो लाइफ बन्छ भन्नेहरू आए तर मैले कसैको कुरा नसुनी आफ्नो लक्ष्यमा लगनशील भएर लागिरहे आज जसले मलाई नलाग भनेर सुझाव दिन्थे आज तिनै व्यक्ति गीत सुनेर रमाउदै नाचिरहेका छन् ।

गायनका सुरुवातमा के(कति चुनौती सामना गनुुर्भयो ?

चुनौती त सबैको जीवनमा आउँछ तर त्यो चुनौतीले सफलताको नयाँ बाटो देखाएर जान्छ । कुन चुनौतीलाई कसरी सावधान गर्ने त्यो व्यक्तिमा भर पर्छ । मैले सुरुवात गर्दा नि मेरो अवस्था नि त्यस्तै नाजुक थियो । गीत त गाउछु भने तर गीत रेकर्ड गर्नी पैसा कसरी जुटाउने भन्ने भयो , मैले त्यसलाई पार गर्छु भनी सोचेर दिनरात मिहिनेत परिश्रम गरेर पैसा बचाउने तर्फ लागे अनि त्यही जम्मा गरेको रकमबाट गीत निकाले तर गीत त मैले निकाले तर पहिलो मेरो गीतले भने जस्तो दर्शक श्रोताको मन जित्न सकेन तर पनि म लागीरहे र दोस्रो गीत निकाले तर त्यो गीतले मैले सोचेभन्दा बढी दर्शक श्रोताको माया पाए । आज त्यही चुनौती आए र म सफलताको खुड्किला चढ्न सफल भएको छु ।

पहिला गीत गाउदा र अहिले गीत गाउदाको अवस्था तुलना गर्दा कस्तो अनुभव गर्नुहुन्छ ?

पहिला मैले गीत गाउदा सुर के हो ताल के हो दर्शक श्रोताले कस्तो गीत मन पराउछन भन्ने था थिएन र गाउदै अहिलेसम्म आउदा कसरी दर्शकको माया बटुल्न सकिन्छ त्यो सिकेको छु , कस्ता गीत दर्शकलाई मैले दिदा मेरा गीत दर्शकले मन पराउछन र कुन गीत कसरी गाउदा उचित हुन्छ भन्ने कुरा सिकेको छु मैले ।