अनुदानको कुराले झन् तर्सायो

उखु किसानको अर्को पिरलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा जिल्लाका उखु किसानहरुले बिक्री गरेको उखुको रकम दुई तरिकाले दुई पट्कमा पाउने भएकोले झन्झट हुने गरेकै बेला अनुदान रकम बुझ्नका लागि खेतको लालपुर्जाको प्रतिलिपी पेस गर्नु पर्दा खेत नै खोसिएला कि भने त्रास बढेको छ।

उखुको मूल्य प्रती क्विन्टल ५३६ रुपैया २८ पैसा रहेको मध्ये ६५ रुपैया २८ पैसा रकम अनुदान स्वरुप नेपाल सरकार कृषि मन्त्रालयले किसानहरुलाई उखु खेती प्रती आकर्षित हुन तथा उखुको ‘अर्लि ‘ जातिको बीउ प्रयोगमा ल्याउनका निम्ति उपलब्ध गराउदै आएको छ।

 “हामिले उखु बिक्री चिनी मिलमा गर्दा ,भुक्तानी पनि मिल बाट सिधा पाउनुको सटा बैंकको सन्देश कुर्नु पर्ने बाध्यता फेरि जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र,खेतको लालपुर्जा ,निवेदन र बटोहिया अथवा करारमा लिएको खेतको सम्झौता पत्र दिनु पर्दा हाम्रो खेत हड्पने सरकारको चाल हो कि त्रास लागेको ” उतर झिटकहियाका उखु किसान शिवमंगल यादवको भनाइ छ। “उखु खेति  गर्न पहिलै देखि मिल र जिटिए कहाँ धाउने समस्या छ्दै थियो भुक्तानी लिनलाइ पनि यताउता धाउनु पर्दा उखु खेती नै नगर्ने राम्रो ” -अर्का किसान रामबचन रामले दुखेसो ब्यक्त गर्नुभयो। उखु बिक्री गर्दा रकम एकमुस्ट नपाउदा बारा जिल्लाका किसानहरु समस्यामा परेका छन ।
यस विषयमा भने बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फणीन्द्र मनि पोखरेलले ,” किसानहरुलाइ बुझाउनमा अवस्य चुकेका हौँ तर हामिलाइ ती सबै कागजातका प्रतिलिपी मात्रै चाहिएको छ ” भनुभयो। उहाका अनुसार जम्मा १८ लाख भुक्तानी गर्नुपर्नेमा १२ लाख रकम केन्द्र सरकारबाट प्राप्त भइसकेकोले ५/५ सय जना किसानहरुको समूह बनाइ कागजात पेस गर्नु हुने किसानहरुको भुक्तानी गर्दै जाने बताउनुभयो ।
      बारा जिल्लाको सदुरमुकाम कलैया भन्दा 7 किलोमीटर उतर पर्ने श्रीपुरमा स्थापित रिलायन्स सुगर  एण्ड केमिकल्स प्रालीका महा-प्रबन्धक द्धवारिका नाथ पाण्डेका अनुसार ,”बिगतमा उखु किसानहरुका रकम भुक्तानी समयमा  नगरेको,  उचित मूल्य नदिएको ,सजिलै रकम उपलब्ध नगराएको, उखु खेतिमा चाहिने नया प्रजातिका बीउहरुको अभाव आदिका कारण  असन्तुष्ट भइ किसानहरु उखु खेती गर्न छाड्दै गए पछि कृषि मन्त्रालयको तर्फबाट अनुदान रकम स्वरुप प्रती क्विन्टल ४७१ रुपैया २८ पैसा पर्ने मूल्यमा थप ६५ रुपैया २८ पैसा थपेको थियो।” ९ हजार भन्दा धेरै कृषकहरुबाट बर्सेन
 ३६ हजार क्विन्टल उखु खरिद गर्दै आएको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिले आफ्नो कुनै किसानको रकम बाकी नराखेको समेत उहाले घामछाया सङ्ग बताउनुभएको छ।