‘बाबु पुर्निया (पूर्णिमा) कहिले हो ?
‘भोली हो । किन आमा ?’
‘ यो पुर्निया त स्वस्थानी पुर्निया हो नि’ ।
‘हजुर अनि’ ?
‘स्वस्थानी पुर्निया देखि कथा सुन्नु पर्ने हो,। घरमा हुँदा पढेका छोराछोरीले सुनाउँथे। यहाँ –वृद्धाश्रम)मा आएपछि अहिले सम्ममा जम्मा एक पटक मात्र सुन्न पाइएको छ। यहाँ सुनाइदिने कोही पनि छैन् ’ । …………..बरु बाबु र्नै आउनु हुन्छ की ?
वृद्धाश्रमको रिर्पोटिङ गर्न पुगेको संचारकर्मीलाई नै स्वस्थानी वाचक बनीदिन अनुरोध गरिरहका थिए राजधानीकै मातातिर्थमा रहेको मातातिर्थ वृद्धाश्रमका वृद्धाहरु । कुनैबेला आफ्नै शिक्षित सन्तानबाट स्वस्थानी कथा सुनेका उनीहरु कोही आएर सन्तानले जसरी स्वस्थानी कथा सुनाइदेओस् ।
समाजमा स्वस्थानी कथाको बारेमा जे सुकै होस् । हरेक वर्ष चिसा साझँहरु त्यही कथा सुनेर हुर्किका वृद्धाहरु नियतिले वृद्धाश्रममा रहन पुग्दासमेत स्वस्थानी विर्सएका छैनन् । अशक्त शारीरिक अवस्था र आफ्ना इच्छाहरु कसैको दयाबाट मात्र पूरा हुने स्थितिका बीच उनीहरुले चाहेको सिमित कुरा मध्येकै एक को धर्मकर्म र कथा पुराण श्रवण । स्वस्थानी पूर्णिमा आइरहेको बेला कसैले कथा बाचन गरेर सुनाइदेओस् र अनेकौं शारीरिक कष्टका बीच मनलाई थोरै आनन्द दिलाउन सकिने अपेक्षा उनीहरुको देखिन्छ । तर तिनका लागि पढिदिने कसले ?
कसैले कथा बाचन गरेर सुनाइदेओस् र अनेकौं शारीरिक कष्टका बीच मनलाई थोरै आनन्द दिलाउन सकिने अपेक्षा उनीहरुको देखिन्छ । तर तिनका लागि पढिदिने कसले ?
त्यही समस्याको समाधान कतै रिपोर्टिंग गर्न गएका घामछायाँ संवाददाताबाट हुन्छ कि भन्ने आस उनीहरुलाई थियो । आफुलाई काजी थापा खलकको बताउने एक वृद्धा गला अबरुद्ध पार्दै भन्नुभयो, ‘बाबू स्वास्थानी सुनाईदिने कोहि छैन , तपाईं आउनुहुन्छ ?’ आफ्नै सन्तानसँग मन नमिल्दा आफ्नो खुसी हराए जस्तो भएको बताउने उनीहरु ज्यानमा शक्ति छउन्जेल सन्तान कसरि हुर्काउने चटारोमा लागि रहे । अहिले शक्ति नभएका बेला तिनै सन्तानबाट पिरोलिएर एक्लो र निराश जीवन विताउदैछन्
हरेक दिन बिहान देखि उनिहरु कोहि आउछ, सहयोग आश्रमलाई गर्छ र एकछाक टारौला भन्दै अन्तिम सासको ढुकढुकी फेर्दै बस्न बाध्य छन् ।
स्वस्थानी सुनाइदिने मानिससम्म नपाएपछि अशक्त बुढाबुढिको मनमा कस्तो परेको होला ? अब संसारिक तनावबाट मुक्त भएर अध्यात्मिक बाटोमा लाग्न नै कठिन भएको छ अहिले ।
करिब २२ वर्ष अघि खुलेको मातातिर्थ वृद्धाश्रममा अहिले २३ जना बृद्धहरु रहेका छन् । उक्त बृद्धाहरुमा करिव ६ जना बोल्न सक्ने छन्, भने बाकी बोल्न नसक्ने आवाज नआउने अवस्थामा पनि भेटिन्छन । मातातिर्थ मात्र होइन नेपालका धेरै स्थानहरुमा छन् । यस्ता बृद्धहरु चाडपर्व त उनीहरुको लागि विगत सम्झदै रुने बाटो झैँ बन्न थालेको छ ।
प्रतिक्रिया