झारफूकको कमाइले समाज सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बौद्धमा विगत १० वर्ष देखि बसि आएकी बुद्धी माया लामालाई “आमा बोम्बोको” को रूपमा चिने गरिन्छ । “आमा बोम्बो“ को अर्थ “मदर शमन“ हो । उनी बयासी वर्षकी भएता पनि उनी सामाजिक सेवामा उनको रुची रहेको छ । उनी समाज सेवाको कार्य गरेर मानिसहरुका खुसीमा रम्ने गछिन् । बोम्बोको जन्म नेपालको मेलोन्गमा भएको थियो र उनले पन्ध्र वर्षको उमेरमै काठमाडौंको बसाइ रोजीन् । उनले अठार वर्षको हुर्दा उनि बैवाहीक जिवनमा बाधिन पुगिन् ।

हालै उनी बौद्धनाथ स्तूपाको छेउमा बस्छिन् । स्तूपाबाट बोमबोको घर पुग्न पाँच देखि दस मिनेटको समय लाग्छ । “आले मामाका” नामले चिनिदै आउनु भएका बौद्धका निवासीले बोमबोको असल कामको स्वरूप जग्गा उपहार दिएका थिए र त्यस जग्गमा बोमबोले दुइ वटा घर निमार्ण गरेकी छिन् ।

तेह्र आदिवासीहरुको अन्तर्रा्िष्ट्रय काउन्सिल आदिवासी महिला एल्डरहरूको अन्तर्रा्िष्ट्रय गठबन्धन हो जसले वातावरण, अन्तर्रा्िष्ट्रयता र मानवअधिकार जस्ता मुद्दाहरूलाई केन्द्रित गर्दछ ।

बम्बो तेह्र आदिवासी अन्तर्रा्िष्ट्रय परिषदका सदस्य पनि भएकी थिइन् । लगभग १२ वर्ष कार्य गरे पछि उनले २०७५ मंग्सिर महिनामा आफ्नो सदस्यता हटाइन् । उनले कुनै शिक्षा पृष्ठभूमि प्राप्त गरेकी छैनन् जबकि बोम्बोले धेरै व्यक्तिहरुलाई उपचारका रुपमा सेवा दिन्दै छिन् ।

पच्चिस वर्षको उमेर देखि नै उनले मानिसहरुको सेवामा लागि परेकि थिन्, उनी एक सामाजिक कार्यकर्ता पनि हुन् । बोम्बोको दुवै मृर्गौला बिग्रेकाले उनी अहिले डायलिसिस गदै छिन् । तर उनले अझै पनि शमन पेशालाई आफनो स्वास्थ्यको ख्याल नगरी निरन्तरता दिईरहेकी छिन् । विश्वभरमा फैलिएर बसेका अनुसन्धानकर्ताहरू बम्बोबाट उपचार लिन, सिक्न र आध्यात्मिक चीजहरूमा अनुसन्धान गर्न नेपाल आउँने गरेका बम्बोको भनाइ छ । विदेशीहरूले यस्ता किसिमका चीजहरूमा धेरै रकम खर्गच गर्ने र यसबारे जान्नका लागि जोखिमपूर्काण कार्यहरु गरिरहेका छन् । बम्बोद्वारा उपचार पाएका मानिसहरूले राम्रा प्रतिक्रिया पाएर बोम्बो एक उदाहरण समेत बन्न सफल भएकी छिन् ।

तेह्र वटा आदिवासीबाट बोम्बोले जति रकम प्राप्त गछिर्न्, उनले त्यस पाएको रकमलाई काभ्रेपलान्चोक जिल्लामा सथित पनौती नगरपालिकाको खोपासी गाउँमाको गुम्बा निर्माणको कार्यमा सहयोग गरेकि छिन् । बोम्बोले जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जर्मन र अफ्रिका जस्ता ठूला ठूला देशमा भ्रमण गरिसकेका छन् । बोम्बो समनप्रति खासै रुचि राख्दिनन् तर पनि समन गर्दा मात्र उनलाई हरेक मन्त्रहरु एक्कासी आएर बिरामीलाई उपचार गर्ने, झार फूक गर्ने जस्ता कार्यहरु गछनर्् ।

उनले झार फूक गर्दा झाडू, चक्कु, पानी र धूप जस्ता वस्तुहरुको प्रयोग गर्छिन् । “पढाइ गर्न सकिएन, अरु सीपहरु ीसक्न सकियन तर पनि समन नै सन्तुष्ट छु” भन्ने बताउनुभयो । बोम्बो लोग्ने मानिसहरु भन्दा बढी काम गर्ने क्षमता छ भन्ने विश्वास राख्छन् ।

उनी पहिले आफ्नै निवासमा एक दिनमा ६० जना सम्म बिरामीहरुको उपचार गर्ने गरेका थिइन् । अहिले प्रति दिन बाह्र देखि तेह्र जना सम्म बिरामीहरुको उपचार गर्ने गरेकी छिन् । उनले देब्रे हातको औंलाहरू प्रयोग गरि सम्बन्धित मन्त्रको मन्न गरेर हरेक व्यक्तिको स्तथा लगायत अन्य रोगको उपचार गर्ने गर्छिन् । उनि घरमै बसि विभिन्न पूजा आजा गर्ने गछिन् । उनबाट उपचार लिएका धेरै जस्ता बिरामीहर्रु एकै चोटिमा निको भएका छन् भने कोही बिरामीहरू दुई पटक सम्म उपचारले निको भएका छन् । नेपालबाट मात्रै नभई विश्वभरका मानिसहरू उनलाई भेट्न, शमन सम्बन्धित सिक्न आउँदछन् । उनले विद्यार्थीहरूलाई आध्यात्मिकता र विश्वासको उपचारको बारेमा सिकाउँथिन् ।

उनका उपचारबाट धेरै जस्ता बिरामीहरु निको भएका छन, ति मध्ये नेपाली नागरिक उपित्री ९ नाम परिवतन ० जो अहिले अमेरिकाका नागरिक हुन्, अमेरिकामा आफना पीताका साथ बसि आफनो डाक्टरी अध्ययन पूर गरिरहेका थिए । उपित्री मानसिक रोगबाट ग्रसित भएका कारण उनका आमाले बोम्बो कहाँ उपचारका निम्त्ति ल्याएका थिए । उपित्री लगभग पागल अवस्था पुगि सकेका थिए, आफनै हजुरआमाले उनलाई यस अवस्थामा पुप्याएका थिए । बम्बोको कहाँ उपचार पाए पछि उनको स्वास्थ्यमा सुधार आएको थियो । उपचार पछि उपित्री सामान्य रुपले निको भए । आफ्ना हजुरआमाका वास्तविक कुरा पत्ता लाइसके पछि उपित्री भारतमा स्थित बैंगलोरमा गई आफूनो डाक्टरी अध्ययन पुरा गदै छन् भन्ने बोम्बोले बताउनुभयो ।