देशमा पहिलो पटक जन निर्वाचित संसद बसेको र पछिल्लो समय अन्तरिम संसद समेत बस्न पुगेको सिंहदबारस्थित ग्यालरी बैठक पुरातात्विक पक्षलाई बाइपास गर्दै भत्काइने संकेत सम्बद्ध अधिकारीहरूले दिएका छन् |
संघीय संसदको विकास समितिले मंगलबार बोलाएको बैठकमा भौतिक तथा पुर्वाधार मन्त्रालयका अधिकारीहरूले प्राविधिक प्रतिवेदन उधृत गर्दै पुरै भत्काएर नयाँ बनाउनु पर्ने बताएका थिए | यसप्रति संघीय संसदका कतिपय अधिकारीहरूको पनि सहमति छ | भौतिक पूर्वाधार र पुनर्निर्माण प्राधिकरणका पदाधिकारी बोलाइएको उक्त बैठकमा पुरातत्व विभागलाई भने बोलाइएको थिएन |
“ग्यालरी बैठक त्यस्तो पुरातात्विक महत्वको नदेखिने भएकोले पुरातत्वलाई बोलाएनौ”, संसदका एक वरिष्ठ अधिकारीले घामछायाँलाई भन्नुभयो | पुरात्तवले भने सय वर्ष पुराना संरचना (निजी समेतलाई ) पुरातात्विक मान्दै आएको छ| यस अघि सिंहदरबारको मौलिक रूपमा रहेको एकमात्र संरचना पनि भत्काएर बनाउने कुराप्रति विभागले असहमति जनाएको थियो |
समितिले सम्बद्ध अधिकारीहरूलाई ग्यालरी बैठककौ मौलिकता नष्ट नहुने गरी पुरै भत्काएर वा नभत्काई तत्काल कार्य गर्न निर्देशन दिएको छ | समितिकी सभापति कल्याणी खड्काले घामछायाँसँग भन्नुभयो, “रेट्रोफिट गर्ने नमिल्ने भन्ने प्रतिवेदन आएको छ रे , त्यसैले सुरक्षाका दृष्टिले भत्कएर बनाउनु पर्छ भने मौलिकता कायम हुनेगरी बनाउनुस् तर यस्तो धरापमा नराखौं भन्ने निर्दशन दियौं !”
स्मरणीय छ, यसअघि सिंहदरबारको पश्चिमि भवन पनि प्राविधिक प्रतिवेदनको हवाला दिएर पुरै भत्भकाएर बनाउन खोजिएको थियो | पछि सम्पदाप्रेमीहरूको दवाबपछि त्यसलाई रेट्रो फिट गर्ने निर्णय भएको थियो | अहिले सिंहदरबार त्यसै अनुरूप प्रबलीकरण भइरहेको छ |
ग्यालरी बैठकलाई राणाकाल मै पनि भारदारी सभाका लागि उपयोग गरिएको मानिन्छ | 2007 साल पछिका विधायिकी कार्यका साथै पंचायत काल र 2046 देखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका वैठक र अधिवेशन यहि भवनमा भएको थियो | पछिल्लो पटक अन्तरिम संसदको बैठक बसेको यो भवन संविधान सभा 6सय 10 सदस्य संख्यामा निर्वाचित भएपछि भने साँघुरो हुनपुगेको थियो|
त्यसपछि बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सरेको संसदले ़भाडाकालागि समेत करोडौं खर्च गर्ने गर्छ |
ग्यालरी बैठक भारतको संसदभवनजस्तै एसियाका अत्यन्त कलात्मक शैलीका संसज भवन मध्य पर्दछ | साथै यो भवन 2030 सालमा सिंहदरबार आगलागी भएपछि बचेका थोरै संरचना मध्ये पर्छ |
पुरात्त्वविद् हरूले राणाकालमा नाचघरको रूपमा जन्मिएको र संसदिय इतिहाससमेत बोकेको भवनको पुनर्निमाण गर्दा पुरात्तवलाई वेवास्ता गरिनु नहुने बताउनुभएको छ | यसको निरातत्वविद प्रकाश दर्नाल भन्नुभयो, “पुरात्तवले गर्नलागेको काम राक्ने होइन त्यसलाई पुरातत्व अनुरूप नै गराउन मद्दत गर्ने हो | यस्तोमा पुराताित्वक पक्षलाई वेवास्ता गर्नु आफैलाई घाटापुर्याउनु सरह हो”|
प्रतिक्रिया