भक्तपुरमा लामो समयदेखि च्याउ उत्पादन गर्दै आएका किसान सनिस लागेजुले फार्मम उत्पादन गरेको च्याउको प्रतिक्लो ८० रूपैया पाउछन् । त्यही च्याउ कालिमाटीमा जान्छ र तरकारी व्यवसायीबाट १२० रूपैयाँमा थोक विक्रेताले लैजान्छन् । त्पयस पछि खुद्रा विक्रेतासम्म पुग्ने सनिसको च्याउ उपभोक्ताले १६० रूपैयाँमा किन्छन् । अर्का किसान दयाराम मचामसीले ब्रोकाउली ४० रूपैयमा बेच्छन् र उनलाई उनका आफ्नत ८० रूपैया तिर्नुपरेको किस्सा सुनाइरहन्छन् । तरकारीमा सँधै यस्तै हो। खेतबाट भान्सासम्म पुग्दा शतप्रतिशत वृद्धि ।
“यसलाई रोक्न हामीले तरकारी बजारको स्टल किसान कै स्वामित्वमा राख्न खोज्यौं । सरकारले पहल पनि गर्यो तर व्यापारीहरू अदालत गए र अदालतले पनि उनिहरू कै पक्षमा फसैला गरिदियो, मचामसी भन्छन् ।
विचौलिया सिर्जित मूल्यका कारण तरकारी उपभोक्ताहरुलाई चर्को मुल्य तिर्नु परिरहेकै छ किसानहरुले उत्पादन गरेको तरकारीलाइ विक्री वितरण गर्नकालागि बिभिन्न बजार पाए पनि मुल्य निर्धारण गर्ने निकाय छैन एकातिर किसानले आफ्नो मेहनतको मूल्य पाएका छैनन् अर्कोतर्फ उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ ।
तरकारी किसानहरुले तरकारी उत्पादन गर्न लाग्ने लागत भन्दा नाफा खासै नभएको तर पनि उपभोक्ताहरुलाई चर्को मुल्य तिरेको महसुस भएको बारा जिल्ला घर भइ हाल काठमान्डौमा अध्ययनरत उपभोक्ता विदयालाल साहले बताउनुभएको छ। उचित मूल्य नपाउदा आफुहरु दुखित रहेको सर्लाहीका तरकारी किसान बालदेव रायले बताउनु भएको छ भने तरकारीको मूल्यबाट आफुहरु निराश रहेको उपभोक्ताहरुको भनाइ रहेको छ।
किसान र उपभोक्ताहरु बीच समन्वयात्मक भूमिका निर्वाह गरेको तर मुल्य निर्धारणमा कुनै संलग्नता नरहेको ,जय सत्पाल जी तरकारी सप्लायर्सका संचालक बिमल ढुंगानाले बताउनु भएको छ। उपभोक्ताको माग र आपूर्तिलाइ मुख्य तत्व मानेर मूल्य निर्धारण हुदै गरेको उहाले बताउनु भयो। मौषमी प्रकोप,ढुवानी खर्च तथा मजदुर खर्च आदि लाग्ने भएकाले पनि तराइ भन्दा पहाडमा तरकारी मूल्य बढी भएको उहाले जोड्नुभयो। उहाका अनुसार यहि प्रक्रिया फलफूलमा पनि लागु हुने भएकोले पहाडमा सस्तो र तराइमा महँगो पर्न जान्छ। तराइका सबै जिल्लाहरुमा तरकारी संकलन केन्द्र नभएकोले तरकारीका लागि भारत सम्म पनि ओहोरदोहोर गर्नु पर्दा ढुवानी खर्च ह्वातै बढेर जाने उहाले थप जानकारी दिनुभयो। टाढा टाढाबाट तरकारी ल्याउने क्रममा नष्ट भएको तरकारीको लागत पनि बाकि रहेको तरकारीको मूल्यमा थप गर्दा पनि कहिलेकाही मूल्य वृद्धि भएको आभास हुने ढुंगानाले बताउनु भएको छ।
तराइको जिल्लाहरुमा भने तरकारीको मूल्य स्थानिय बजारहरु बीच खासै फरक नपरे पनि तराइको खेतको मूल्य देखि स्थानिय बजारको मूल्यमा फरक पाइएको छ।पर्सा जिल्ला र सिरहा जिल्लामा तरकारीको मूल्य खेतमा र बजारमा थोरै मात्र फरक भएको स्थानीय बिक्रेताहरुले घामछायालाइ बताउनुभएको छ।प्याजको मूल्य प्रति किलो खेतमा १०० रुपैया,गोदाममा १२० रुपैया र पर्साको स्थानीय बजारमा १४० रुपैया तथा सिरहाको स्थानीय बजारमा १८० रुपैया रहेको छ। कोभिको मूल्य प्रति किलो खेतमा ३० रुपैया, र बजारमा ६० रुपैया रहेको छ।आलु प्रतिकिलो ३५ रुपैया दरले पर्साको खेतमा र ३० रुपैया दरले सिरहाको खेतमा विक्री भएको छ भने बजार मूल्य प्रतिकिलो ४० रुपैया रहेको छ। छिमीको खरिद मूल्य ४० रुपैया छ भने स्थानीय बजारमा ७० रुपैया प्रतिकिलोको दरले विक्री भाइरहेको छ। भन्टाको खरिद मूल्य ३५ रुपैया छ भने बजार मुल्य ४० रुपैया रहेको छ।बन्दाकोभिको खरिद मूल्य पर्सामा ३० रुपैया र सिराहामा २५ रुपैया भए पनि दुवै ठाउँको बजार मूल्य ४० रुपैया रहेको छ। गोलभेडाको खरिद मूल्य ५० रुपैया र बिक्रि मूल्य पर्सामा ८० रुपैया तथा सिराहामा ७० रुपैया प्रतिकिलोको दर रहेको छ। खेसारिको साग खेतमा ८० रुपैया प्रतिकिलो तिर्नु परेको छ भने बजारमा १०० रुपैया रहेको सिराहा मिर्चया नगरपालिका बलुवा टोलका किसान दिनेश यादवले बताउनुभएको छ भने पर्सा विन्दवासिनी गाउपालिकाका किसान नरेन्द्र कुमारले बताउनु भएको छ।
त्यसै गरि काठमाण्डौमा आलुको मूल्य प्रतिकिलो ५० रुपैया,चिनिया प्याजको मूल्य प्रतिकिलो १०० रुपैया र भारतीय प्याजको मूल्यको १५० रुपैया प्रतिकिलो रहेको छ।अदुवा १२० रुपैया,लसुन २२० रुपैया प्रतिकिलो रहेको इक्छुमति तरकारी बजार ,बागबजारका विक्रेता राधेश्याम श्रेष्ठले बताउनु भएको छ।
कृषि मन्त्रालयको मातहतमा तरकारी बजारको नितंत्रण पाएको कालिमाटी तरकारी बजार समितिका उप निर्देशक बिनय श्रेष्ठका अनुसार समितिले तरकारीको सहज उपलब्धताका लागि ठाउँ व्यवस्थापन गर्ने जिम्मा मात्रै पाएको बताउनु भयो। हामीले जिम्मा पाएका बजारको सुरक्षा,सरसफाई तथा चौबिसै घण्टा तरकारी उपलब्ध गराउनु बाहेक मूल्य निर्धारण प्रक्रियामा कुनै भाग नलिने श्रेष्ठले बताउनु भयो। मूल्य निर्धारण गर्ने ठोस निकाय नहुदा खुद्रा तरकारी विक्रेताहरुले आफु खुशी मूल्य तोकेर विक्री वितरण गर्दै आएका छन्।
प्रतिक्रिया