पशुपतिनाथ ब्राण्डिङको भव्य तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

नेपाल भ्रमण वर्षलाई टेवा पुर्याउन पशुपति नाथ मन्दिर क्षेत्रमा विशेष कार्यक्रम संचालन हुने भएका छन् । देशमा सर्वाधिक संख्यामा पर्यटक भित्र्याउने सम्पदामध्ये एक मानिएको पाशुपत क्षेत्रलाई नै आकर्षक पर्यटकीय प्याकेजको रुपमा प्रस्तुत गर्ने योजना सरकारको छ
यसका लागि पशुपति क्षेत्र विकास कोषले भ्रमण नेपाल २०२० लक्षित सरसफाइ र सुरक्षा व्यवस्थापन समेत थालेको छ । कोषका संस्कृति महाशाखा प्रमुख प्रेमहरि ढुङगानाले भ्रमण वर्षको अवसरमा दर्शनार्थ विश्वभरबाट आउने भक्तजनहरुलाई थप सुरक्षा दिने व्यवस्था गरिएको बताउनुभयो । “ पशुपतिमा भारतबाट सर्वाधिक भक्तजनहरु आउँछन् तिनीहरुको बसाइ लम्ब्याउन उनीहरुका लागि सन्त तथा माहात्मामार्फत कथा वाचन र प्रवचन जस्ता कार्यक्रम विशेष रुपमै राखिने छ, उहाँले भन्नुभयो ।
यसै गरी ठूला टाभल ऐजेन्सीहरुलाई यो पटक सर्र्वाधिक धेरै भक्तजन भित्र्याउन उत्प्रेरित गरिएको पनि उहाँले बताउनुभयो । यसका लागि हामीले आफनो तर्फबाट सम्बन्धित सबैमा सुचना पठाएका र निरन्तर रुपमा पशुपतिमा पर्यटक ल्याउने ट्राभल ऐजेन्सीहरुलाई सेवा शुल्क दिने व्यवस्थासमेत गरेका छौं’, उहाँले भन्नुभयो । साथै सम्भाव्य स्थानहरुमा पशुपति दर्शनको विशेष प्रवर्धन गर्न पनि ति संस्थाहरुलाई अनुरोध गरिएको पनि उहाँले बताउनुभयो ।
श्री पशुपतिनाथके महिमा प्रचार प्रसारका लागि लागि नेपाल भ्रमणको सचिवालयसँगको सहकार्यमा कोष र सचिवालयले गर्न सक्ने प्रबर्धनात्मक काम हरुको सूचि बनाउने भ्रमण अवधिभर विश्का जुन सुकै स्थानमा मेला लागेपनि पशुपतिको दर्शनलाई समेत अलग्गै स्टलमार्फत प्रवर्धन गर्न योजना रहेको छ ।
‘व्यापारिक मेलाहरुका जानकारीहरु सबै कोषलाई समेत हुने र पर्यटन व्यापार मेलाजस्ता ठूला ठूला समारोहरुम नेपालको एउटा स्टल राखी त्यसमा श्री पशुपतिनाथ मन्दिर समेत रहने व्यवस्था गरिने पनि उहाँले बताउन भयो । त्यसका साथै त्यस्ता स्टलमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने योजना पनि सरकारको रहेको छ उहाँले बताउनुभयो ।

‘हामी पशुपतिनाथ मन्दिरको प्रचारका साथ छिटै पत्रकार सम्मेलनमार्फत भ्रमण वर्ष सचिवालयसँग नेपाल भित्रिने पर्यटकमध्ये पशुपतिनाथ आउने वा अन्य धार्मिक स्थलको दर्शनार्थ पर्यटकहरु कति सख्यामा ल्याउनसकिने, त्यसका लागि के(कस्ता सुविधाहरु दिने जस्ता विषयमा नीतिगत छलफल गर्दैछौं, उहाँलेभन्नु भयो ।

साथै ढुंगानाले हालै बसेको कोषको बोर्ड बैठकले सचिवालय र नेपालपर्यटक बोर्डसँग बसेर न्यूनतम् सहकार्य गर्ने काम गर्दा एउटै प्रकृतिको काम दोहोरिने गरी नगर्ने लगायतका विषयमा छलफल गरिएको जानकारी पनि दिनुभयो । वर्षभरी पर्यटकहरु जति नै भित्रिए पनि व्यवस्थापन हुन्सक्छ तर एकै पटक ठूलो संख्यामा आउँदा भने पुर्वाधार पर्याप्त नभएका कारण समस्या पर्न सक्ने पनि उहाँले बताउनुभयो ।

ध्रेरै संख्याका पर्यटक व्यवस्थापन गर्न कठिन हुने कारण सुविधायुक्त आभासको अभाव एको पनि उहाँ घर नभएको बताउनुहुन्छ । यसको विकल्पनमा अस्थायी रुपमै भएपनि पर्यटकहरुका दिन सकिने सुविधाबारे पर्यटन बोर्डसँग छलफल हुने जानकारी पनि उहाँले दिनुभयो ।

कोषको मुल उदेश्य पर्यटकहरुलाई आनन्दमयी तरिकाले पशुपतिनाथको दर्शन गराउने
मार्गदर्शक र सुरक्षाकर्मीहरुको पनि प्रभावकारी व्यवस्था गरिने जानकारी पनि उहाँले दिनुभयो दशनार्थहरुकालागि अन्य बाटो भन्दा मूल प्रवेशद्वाबाट भित्रिने र भित्रि सकेपछि मात्र बाटो छुटिने व्यवस्था गरिएको छ । कर्मचारी र स्वयं सेविकहरुकालागि एउटा बाटो र बार्की दशनाथीहरुकालागि एउटा मूलदूवार व्यवस्थापन गरिने पनि उहाँले बताउनुभयो । साथै भ्रमण वर्षलाई लक्षित गर्दै वि.स २०७२को महाभूकम्पले क्षति भएको मन्दिरको पछाडीतर्फ्को भाग र प्रसाद पकाइने भान्छा घरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

दर्शन गर्न आउने पर्यटकहरुलाई विभिन्न संस्थाबाट स्वयम् सेवक सस्थाहरुका तर्फबाट सहयोग र सुरक्षा दिने मन्दिर परिसर भित्र अनावश्यक प्रवेश रोक्ने, भित्रजाने आउनेको राम्रो व्यवस्थापन गर्ने भ्रमणका लागि क्षेत्र मन्दिरको लागि पूजा अर्चना क्षेत्र समेत पनि छुटाइएको छ ।
यो अभियानका क्रममा पशुपति क्षेत्रभित्र बसेर माग्न निषेध भनेर ब्यानर रखिएको छ ।
सरसफाइको नजिकको सामाजिक संस्था खेम क्लिनिक र अन्य बैंकहरुबाट सहयोग लिइएको पनि उहाँले बताउनुभयो अभियानकै क्रममा पशुपति क्षेत्रभित्र बसेर माग्न निषेध गरिएको भ्रमण वर्ष लक्ष्य गरेर सूचना डेस्क सञ्चालन गर्ने, संचार माध्यमलाई
जनकारी तथा सुचना प्रदान गर्ने , युटय्ूब च्यानलदूारा पशुपतिनाथको भिडियो प्रचार गर्ने र विभिन्न खालका वबेसाइटहरुमा पशुपतिनाथको महिमा हाल्ने जस्ता कामहरु समेत गरिने छ