केन्द्रको नजिक बस्नु र सिमान्तसरहको जीवन बाँच्नु अनि सामान्य प्राप्तीका लागि पनि बढी संघर्ष । काँठे भाकामा जमेका सरोजको सांगीतिक यात्रा पनि त्यस्तै छ
काँठे भाकामा एकदमै चर्चित नाम हो सरोज लामिछाने , सरोज लामिछाने भन्ने नाम नसुन्ने सायद कमै होलान यो युगमा , जीवनको सांगीतिक यात्रा गर्ने दौडमा विभिन्न चुनौती समस्याको सामाना गर्दै एक अब्बल प्रतिभाको रूपमा सफल प्रतिभा हुन् सरोज । उनी काँठे भाकामा मात्र नभएर लाइभ दोहो।री गाउन पनि उतिकै माहिर छन् ।
सानो उमेरमा सानो गाउबाट सुर तालको अर्थ केही थाहा नपाउदै साँगेतिक यात्रामा मादल बजाउदै यात्रा सुरू गरेका सरोजका गित यतिबेला गाउघर मात्र देश बिदेश सबैतिर गुञ्जयमान रहेको छ। मेलम्ची नगरपालिकाको फटकशिला नामक गाउमा माता साबित्रा लामिछाने र पिता उत्तममणि लामिछानेको कान्छो छोराको रूपमा जन्मेका सरोज लामिछाने सानो उमेरबाट
घाँस दाउरा मेला पात गोठालो गर्दादेखी नै गितहरु गुनगुनाउने गरेका हुन्थे। यहि बिषयमा रहेर घामछाया सङ्गको कुरा:
तपाई कसरी साङ्केतिक क्षेत्रमा प्रवेश गर्नु भयोरु
सुरु सुरुमा गाँउघरका कार्यक्रममा गाउथे , मेलापात जाँदा गोठालो जाँदादेखि नै गुनगुनाउथे आफुभन्दा अग्रज व्यक्तिहरूको गित सुन्थे अनि ममा पनि असल गायक बन्नी कला छ भन्नी सोच्दै म गाउने तिर सधै अग्रसर हुनि गर्नी गर्थे । बाल्यकालमा स्कुलमा गाउदा मेलापात गाउदा गाउदै देखि नै एउटा कुसल लोक गायक बन्ने लक्ष्य लिए । सधै लक्ष्यको पछाडि लागे कहिले हार्न जानिन । गाउन म अग्रज कलाकार बाट प्रभाव भए । म पनि त्यहि लोक सँस्कृतिमा हुर्किए बढे अनि खेल्दै जादा यहि लोक सँस्कृतीको माया हुन लाग्यो अनि मैले लोक सँस्कृतिमा पाईला चालेको हु ।
https://www.youtube.com/watch?v=PXY-j5rKBfE
कति बर्षको हुँदा देखि गित गुनगुनाउन थाल्नु भयो नि रु
कति बर्षको भन्दा चाहिँ अन्दाज गर्न सक्दिन म तर । म सधै विभिन्न कार्यक्रममा सहभागी हुन्थे स्कुल आफू भन्दा ठुलाको गीतहरु सुन्थे त्यो गीत सुनेर आफू पनि गाउने प्रयास गर्ने गर्थेँ । गीत गाउन धेरै ठाउमा जान्थे गीत गाउदै रमाउदै हिड्थे गीत गाउन पाउँदा म समय गएको थाहा पाउदिन थेँ । गाउमा हुने कुनै पनि लोक सास्कृतीको हरेक कार्यक्रमहरुमा सहभागी हुन छुटाउदिन थेँ । रमाइलो लाग्थ्यो यसरी गित गाउन पाउँदा मलाई ।
कस्तो गीत चाहिँ बाल्यकाल देखि नै गाउनु हुन्थ्यो ?
बाल्यकाल बाट के भन्नू त्यतिबेला सुर के हो ताल के हो केही था हुन्न थ्यो मादल ड्याङ्डुडुङ ठोक्यो गायपछी के के नि हुन्थियो जे होस रमाइलो हुनि गर्थ्यो । स्कुल कार्यक्रम बजारमा हुने कार्यक्रमहरुमा अग्रपंक्तिमा हुनि गर्थे म , त्यो हुदा हुँदै अग्रसर हुँदै गए पछि थाहा पाउदै गए सुर तालमा कसरी गाउने कसरी गाउन सकिन्छ भन्ने प्राबिधिक कुराहरू पछि था हुँदै गयो ।
लोक साङ्गेतिक क्षेत्रमा तपाईंले के त्यस्तो देख्नु भो जसले गर्दा धेरै क्षेत्रमा यो क्षेत्र नै रोज्नु भो ?
त्यस्तो त मैले सुरु गर्दा केही देखेको थिइन ।
रहरै रहरमा यो गायनमा प्रवेश गरे । तर अहिले आएर थाहा पाए मैले गायनमा पनि भविष्य छ गर्नेहरुको लागि मैले असल गायक बनेर आफ्नो लोक सस्कृतिलाई देशको भेषभुषालाई गायन मार्फत बिश्वसामु चिनाउन सकु देशको लागि चाहिँ केही गर्नुसक्छु भबिष्य देखेको छु । यो क्षेत्रमा लागेर पनि हामी बाच्न सक्छौ भन्नै थाहा पाएँ मैले । यो क्षेत्रमा पनि आफ्नो कलाले नाम चलाउन सक्ने र सबैले चिन्ने भएकोले यसमै भविष्य देखेको छु ।
यो क्षेत्रमा प्रवेश गर्दा तपाईंको अवस्था के कस्तो रहेको थियो ?
अवस्था त धेरै जसो संगितकर्मीको सुरुवात दिन जस्तो हुन्छ त्यस्तै हो, अर्थात् नाजुक नै हो । सुरुमा त सबैले ऋण गरेर नै गीत संगीत गर्ने हो । मैले पहिला ऋण गरेर नै गरे धेरै गीतहरु तर धेरै पटक डुबेँ र बिस्तारै बिस्तारै मैले आफैले आफ्नो अब्बल सिर्जना अब्बल रचना मार्फत मैले आफुलाई संघर्ष गर्दै ल्याउदा आफुलाई यो स्थानसम्म ल्याउन सफल भए ।
हालसम्म आईपुग्दा यहाको कतिवटा गीत बजारमा आईपुगेका छन् नि ?
गीत त गन्ने हो भने सङ्ख्यात्मक हिसाबले धेरै छन् । अहिल्यै यति छन् भन्न सक्तिन । तर जति नि मैले गायको र मेरो सिर्जनामा बजारमा आएका भाका चाहिँ लगभग का
ँठ क्षेत्रमा लोकप्रिय नै छन् । धेरै दर्शक श्रोताहरुले मन पराईदिनु भको छ । मैले कम्पोज गरेको अरुको सिर्जना अरुले गायका गितहरु त सङ्ख्यात्मक हिसाबले सय डेढ सय भन्दा माथी नै छन् ।
यो क्षेत्रमा लाग्दा यो क्षेत्रमा र अरू क्षेत्रमा के कस्तो भिन्नता पाउनु भयो नि ?
अरु क्षेत्र भन्नाले म पत्रकारिता पनि गर्छु । मेरो उद्देश्य भनेको पत्रकारिता पनि गर्नु र एउटा प्रोफेसनल राम्रो कलाकार बनी बन्नु हो । मलाई पत्रकारितामा लागेको भएर होला यो पनि मन पर्छ संगीतमा लागेको भएर होला यो पनि मन पर्छ । दुइटै मेरो लागि परिपुरक छ । अरु व्यवसाय खेल आदित्यादी नि मन पर्छ , आफु लागेको भएर होला आफुलाई जुन क्षेत्रमा लागे त्यो नै मन पर्छ मलाई ।
तपाईं प्रहिलो पटक निस्केको गित कुन हो रु यो गित गाईसकेपछी गितबाट के प्रेरणा पाउनु भयो नि रु
मेरो पहिलो गित नरुनुहै आमा बाछे फर्की आउला भन्ने परदेशीको पीडामा आधारित हो । यो गाउदा मैले कसैबाट प्रेरणा पाईन
निरुत्साहित चाहिँ भए । लगानी पनि चुर्लुम्मै डुब्यो सायद पहिलो गित भएर होला । अब बजारमा कस्तो गित पच्छ कस्तो दर्शकले मन पराउछन त्यो पनि थाहा भएन। जे होस पाइला चाले अगाडि बढे दाजुभाइ बाट साथ पाए । दाजुभाइको संयुक्त मिलिमतो मिहिनेतमा बजारमा ल्याको गित हो । त्यसले धेरै पछि हामिलाई निरुत्साहित गरायो । साङ्केतिक क्षेत्रमा संघर्ष गर्न सिकायो तर पनि म अगाडि बढे मिहिनेत गरे कसरत गरे हरेस मानिन ।
पहिला पटक गित रेकर्ड गराउदा कस्तो समस्या आईलाग्यो रु के तपाईलाइ साङ्केतिक क्षेत्रमा केहि हुन्न भन्ने हरु आएकी आएनन रु
समस्याहरु धेरै हुन्छन काम गर्ने बेलामा आउछन् त्यसलाई सहि समाधान गर्न सक्नुपर्छ । कमि कमजोरीहरु पनि हुन्छन् , राम्रा चिजहरु पनि हुन्छन् त्यसलाई सहि सदुपयोग गर्न सक्नुपर्छ र छनोट गरेर लान सक्नुपर्छ । सुरुमा कसैले एल्बमहरू किन्नु हुन्नथ्यो नाम चलेको हुन्नथ्यो त्यसको लागि धेरै संघर्ष गर्नुपर्यो । आजको मितिसम्म आईपुग्दा आफ्ना सिर्जना मार्फत एउटा सर्कल पनि बनाइयो मिडियामा एउटा सर्कल छ । दर्शक श्रोताले सरोज लामिछानेको कस्तो गित आयो भनी खोजेर हेर्नुहुन्छ । हिजो आफुले प्रयास गर्नुपर्थ्यो आज दर्शक श्रोताहरूले आफै खोज्नुहुन्छ ।
मलाई माया गर्नुभएको छ । हिजो कसैको माया पाएको थिइन आज धेरैको माया पाएको छु ।
भविष्य छैन भन्नुभन्दा पनि केले खायो के को साग भन्ने खालको यस्तोले गाएर के गर्न सक्छ र भन्थे मैले गाएर प्रगति गर्छु भन्दा पत्याउदैन थे । मेरा केही आफन्तहरु पनि हुनुहुन्छ । के गर्छ र यस्तोले गाएर पनि भन्नुहुन्थ्यो तर पनि मैले त्यसलाई कुनै वास्ता गरिन त्यसलाई एउटा शुत्रको रूपमा लिएर अघि बढे ।
यो क्षेत्रमा लाग्न कहाँ बाट प्रेरणा पाउनु भयो नि रु
प्रेरणा मैले मेरो गुरु साथिभाई र घरपरिवार बाट पाए त्यति मात्र होइन म यो क्षेत्रमा लाग्दा मलाई साथ दिने त्यति भेटिन बिस्तारै दर्शक श्रोताले मेरो गितलाई मन पराईदिनु भो त्यसपछि म झन् उत्त्प्रेणित भए । यो भन्दा अझै राम्रो गितहरू मैले बजारमा ल्याउनुपर्छ भन्ने म मा एउटा स्रोतको बिकास भयो म यो ठाउमा ल्याउन सहयोग गर्ने हौसला दिने सम्पुर्ण श्रेय नि दर्शक श्रोतालाई नै जान्छ । म दर्शक श्रोतालाई के भन्न चाहन्छु भने तपाईंको माया साथले गरेर म यहासम्म आईपुगेको छु । मेरो गितलाई मन पराईदिनु भो त्यसको लागि सम्पुर्ण दर्शक श्रोता सामु आभार व्यक्त गर्छु अगामी दिनहरुमा पनि यस्तै माया गरिदिनुहोला साथ सपोर्ट दिनुहोला र कमि कमजोरी त्रुटि भए सुझाव दिनुहोला हेरेर मेरो गितलाई माया गरिदिनुहोला भन्छु
प्रतिक्रिया