संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भटराईले उपत्यकाका नगरप्रमुख तथा उपप्रमुखहरुलाई आसन्न नेपाल भ्रमण वर्षमा पर्यटकहरुलाई नेपाली कला सँस्कृति र वैभवको आनन्द सकेसम्ब बढी दिलाउनका लागि सम्भव सबै उपाय अपनाउन आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक सबै खालका तयारीका लागि काठमाडौं उपत्यकाभित्रका दुई महानगरपालिकासहित १८ वटै नगरपालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत समक्ष मन्त्री योगेश भट्टराईले यो आव्हान गर्नुभएको हो।
आज मन्त्रालयमा काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, उप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले सबैको एकतावद्ध प्रयत्नवाट मात्र कार्यक्रम सफल हुने भएकाले सबै एक ठाऊँमा छौं भन्ने सन्देश दिनका लागि पनि भ्रमण वर्ष उद्घाटनमा सबैको सहभागिता अनिवार्य भएको बताउनुभयो । आफ्नो–आफ्नो भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरपालिकासँग सहकार्य गरेर त्यहाँका पर्यटक नेपाल ल्याउन आग्रह गर्दै मन्त्री भट्टराईले महानगरपालिका, नगरपालिका तहबाट गरिने अन्तराष्ट्रिय कार्यक्रम भ्रमण वर्षभरी नेपालमै गर्ने बातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो।
भ्रमण वर्ष २०२० एउटा अभियान मात्र भएको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘ मुलुकको समृद्धिको मूल आधार भनेको पर्यटन हो । त्यसैले हामी कम्तिमा एक दशकलाई पर्यटन वर्षका रुपमा मनाउन र दिगो पर्यटनका लागि सबै पुर्वाधार तयार गर्ने अभियानमा छौं ।’ पुर्वाधार विकासकै लागि सरकारले अहिले नयाँ पर्वाधारमा जोड दिएको र त्यहि अन्र्तगत लुम्विनी, पोखरा लगायतका नयाँ अन्र्तराष्ट्रिय, क्षेत्रीय विमानस्थलको निर्माण कार्य भइरहेको जानकारी पनि मन्त्री भट्टराईले दिनुभयो । आगामी दुई वर्षपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रुको चाप थेग्न नसक्ने भएकाले नीजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको उहाँको भनाई छ । मन्त्री भट्टराईले भने–‘काठमाडौंबाट सबै नजिक भएकालले र फास्ट ट्रयाको निर्माण पनि अन्तिम चरणमा पुगेकाले नीजगढ विमानस्थलको विकल्प छैन । यो बनाउनै पर्छ । बन्छ ।’
नेपाल आउने पर्यटक मध्ये ९० प्रतिशतभन्दा वढी हवाइ मार्गबाट आउने र एक एक मात्र अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा नै भएकाले सर्वप्रथम काठमाडौंले नै पर्यटकलाई राम्रो प्रभाव पार्नुपर्ने मन्त्री भट्टराइले बताउनुभयो । त्यसका लागि विश्व सम्पदा क्षेत्रमा परेका उपत्यकाका सात सम्पदा जोड्ने साइकल लेन बनाउने देखि, पर्यटक मैत्री सार्वजानिक शौचालय, रात्रीकालीन जीवन, मठ मन्दिरमा लाईटिङ, पदमार्ग निर्माण जस्ता कुरामा यहाँका स्थानीय निकायले बढी ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० अरु वर्षभन्दा के कुरामा भिन्न छ भन्ने कुरा त्यसको थप विशषतासहित विश्वभर प्रवाह गर्नु पर्ने धारणा राख्नुभयो । भ्रमण वर्षलाई सफल बनाउन महानगरपालिकाले गर्नुपर्ने सबै काममा आफूहरु तयार रहेको र कतिपय काम भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले आन्तरिक तयारी भन्दा अहिले पर्यटक ल्याउन विदेशमा प्रचारका कार्यक्रम बढी गर्नुपर्ने र त्यसका लागि दुतावासहरुलाई क्रियाशील बनाउनृुु पर्ने भनाइ पनि उहाँको थियो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीवावु महर्जनले आफूहरुले गत सम्टेम्बरबाटै भ्रमण वर्ष २०२० केन्द्रित कामको शुरुवात गरेको उल्लेख गर्दै पर्यटक आकर्षण गर्न महानगरक्षेत्रमा भएको कामको जानकारी दिनुभयो । महानगर क्षेत्रभित्र ब्लु एण्ड ग्रिन याजना अन्र्तगत काम भइरहेको उल्लखे गर्दै उनले सफाईलाई बढी ध्यान दिएर पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने खालका योजना तर्जुमा गरेर काम भईरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ, टोखा, भक्तपुर, महालक्ष्मी, किर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी, नार्गाजुन, मध्यपुर ठिमी, सुर्यविनायकलगायतका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुले भ्रमण वर्ष सफल पार्न भईरहेका कामको जानकारी गराउनका साथै उद्घाटन समारोहलाई भव्य बनाउन सक्रिय सहभागिताको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
अपनाउन आग्रह गर्नुभएको छ ।
तस्विर सौजन्यः प्रेम गुरागाँई
प्रतिक्रिया