ओभर पाससमेतको यात्रु मैत्री चक्रपथ (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ः  कलंकी कोटेश्वर सडकको निर्माणसम्पन्न भएपछि यातायातका साधन चलाउन सहज हुन लाग्यो । यात्री सबैको अनुहारमा खुसी र रौनकले सीमाहरु नाघ्दै गए । घन्टांै सम्म जामले केही समय त यात्रुलाई दुःख पिडा र कष्ट दियो। अहिले बाटोलाई लिएर यात्रुहरु विदेशी सडकसङ्ग कलंकी कोटेश्वर सडकलाई दाँजिरहेका छन् । त्यस्तै कलंकी कोटेश्वर सडकसँग जोडिएको अर्को चक्रपथ खण्ड अर्थात् कलंकी महाराजगन्ज सडक त्यो भन्दा पनि आधुनिक र थप सुविधासहित बन्दै छ । चीनिया सरकारसङ्ग सम्झौता भएको झण्डै १ वर्ष पूरा भएको अवस्थामा सडक विस्तारका लागि रुख काटने र ठाउँ पन्छाउने जस्ता कार्यहरु तिब्र रुपमा सञ्चालन भईरहेको छ।

सडक विभागका अनुसार चीन सरकार जसले ४० अघि यही चक्रपथ निर्माणमा सहयोग गरेको थियो, अहिले उसैको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको छ । यसअघि एउटा अण्डरपास देखेका राजधानीबासीले अबको चक्रपथ विस्तारमा एक ओभरपास समेत देख्ने छन्।

सडक विभाग एकान्तकुनाका सुपरभाइजर सुप्रीम चुडाल भन्नुहुन्छ, ‘सडक बनाउन पहिला क्लियरेन्सको काम गर्नुपर्छ । त्यसैले हामीले कलंकीबाट सडक दायाँबायाँका रूख काट्ने, विद्युतीय संरचना हटाउने, घरटहरा हटाउने काम सुरु गरेका छौं’ । उहाँका अनुसार रुख काट्ने काम हाल ५० प्रतिशत सम्पन्न भएको छ ।

चक्रपथ विस्तारका लागि खानेपानीका पाइपहरु हटाउनुपर्ने देखिएको पनि चुडालले बताउनुभयो । साथै महाराजगन्ज क्षेत्रमा केही घरहरू पनि भत्काउनुपर्ने देखिएको छ। यसका लागि ति घरहरू पनि अधिग्रहण गर्नुपर्ने समेत देखिएको छ । त्यस्ता घरधनीलाई दिइने मुआब्जाको विषयमा पनि छलफल भइरहेको छ। उनले रुख कटानिको काम सफल भएपछि चाइनिज डिजाइनको काम हुने बताए। उनले भने, ‘चीन सरकारको सहयोगमा सडक विस्तार हुने भएकाले उनीहरू आएपछि सबै काम गर्छन्। त्यतिबेलासम्म रूख काट्ने, बिजुलीको पोल सार्नेलगायत काम लगभग सकिन्छ। विस्तारको तयारीमा हामी जुटेका छौं।’ कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तार कार्यमा करिब ११.३८ किलोमिटरको रेन्जमा तयार हुनि कार्य हाल चलिरहेको छ ।

दोस्रो चक्रपथ विस्तारमा सडक सुरक्षामा पनि धेरै ध्यान पुर्याएर काम अघि बढाउने सडक विभागले घामछायाँलाई बताएको छ । बिभागका अनुसार ‘पैदलयात्रुु र चालकको सुरक्षाका लागि हामी संवेदनशील भएर लाग्ने सडक सुरक्षाका लागि मूल सडकका बीचमा डिभाइडर पनि राखिन्छ। छलफल गरेर यात्रु सुरक्षित सडक बनाउँछौं।’ उनका अनुसार विभागले महाराजगन्जबाट बढाएर गोपीकृष्ण सिनेमा हलसम्म पनि चक्रपथ विस्तार गर्ने प्रस्ताव गर्नेछ ।

सबै सडक विस्तारको डिजाइन नबनेकाले ठ्याक्कै सडक कस्तो बन्ने भन्नेबारे अहिले भन्न सकिँदैन।’ उनका अनुसार पहिलो चरणको कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तारको शैलीमा निर्माण गरिने भए पनि यो सडक खण्डमा सुरक्षाका विषयमा सुधार आउनेछ । कलंकी कोटेश्वर चक्रपथ विस्तार हुँदा सुरक्षा र पैदल यात्रु मैत्री सडक बनाउने कुरामा कमजोरी भएको भन्दै आलोचना भएको थियो । उहाँले अहिले सडक विभाग कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ लेनमा यात्रु सुरक्षाका लागि पुलहरू निर्माण गर्ने काम लागि परेको बताउनुभयो ।