नेपाली मूलका अमेरिकी नागरिक जय साहको नेतृत्वमा रहेको रिसर्च टिमले नेपाललाई विश्मै पहिलो एन्टिबायोटिक रेसिस्टेन्ट समस्याको स्थायी रुपमा समाधान गर्ने राष्ट्र बनाउने घोषणा गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । हाल अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएको युवा वैज्ञानिक जय साहले एन्टिबायोटिक रेसिस्ट्यान्ट समस्याको मुख्य कारण नै औषधीको अपरिपक्व वितरण नै भएको औंल्याउनुभयो । त्यसै कारण उक्त समस्याबाट मुक्त हुनको लागि औषधी वितरण प्रणालीलाई नै वैज्ञानिक एवम् व्यवस्थित् बनाउनेगरि विश्वस्तरीय प्रविधियुक्त प्रणालीको आविष्कार गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
चिकित्सकले सिफारिश गरेका औषधीलाई ‘अनलाईन–पोर्टल’ मा राखेर पासवर्डले लक गर्ने व्यवस्था र औषधी व्यवसायीहरुले व्यक्तिगत पासवर्ड नराखीकन बेच्न नसक्ने ईलेक्ट्रोनिक प्लाटफर्मको आफूहरुले विकास गर्न लागेको अवधारणा उहाँको थियो । साथै उहाँले उक्त प्लाटफर्म सुरु भएपछि चिकित्सकको सिफारिसबाहेक औषधी बेच्न नपाउने व्यवस्था पूर्ण रुपमा लागु हुने सुनिश्चितता हने पनि बताउनुभयो ।
नेपाली मूलका अमेरिकी र चिनियाँ अनुशन्धानकर्ता तथा चिकित्सक सम्मिलित टीमले अत्यन्तै साधारण र अन्तरक्रियात्मक प्लाटफर्मको विकास गरेको छ । जुन प्लाटफर्मले नेपालको स्वास्थ्य क्षेत्रलाई पनि विश्वस्तरीय आधुनिकीकरण गर्न सहयोग पुग्ने पनि टिमको विश्वास छ ।
टिमको नेतृत्वकर्ता जय साहको नाममा जारी गरिएको प्रेस नोटमा भनिएको छ,‘यो अवधारणा विश्वमै पहिलो र सुबैभन्दा राम्रो अवधारणा हो, जसले एन्टिबायोटिकको दुरुपयोगलाई स्थायी रुपमा विकासिल र कम विकसित देशहरुमा समाधान गर्नेछ । विश्वका कुनैपनि कम विकसित र विकाससील देशले अहिलेसम्म यस्तो व्यवस्थाको अवधारणा ल्याउन सकेका छैनन्, जसले औषधीको प्रयोगलाई शतप्रतिशत वैज्ञानिककरण गरेका छन् ।’
साहका अनुसार उक्त अवधारणाको नाम ‘वन हेल्थ एप’ राखिएको छ । जसको पूर्ण नियन्त्रणको अधिकार सरकारसँग निहीत हुनेछ । उनले भने,‘यो एपको प्रयोग चाहीँ चिकित्किस, केमिष्ट, सर्टिफाईड हेल्थ प्राक्टिसनरहरुले गर्नेछन् । चिकित्सकहरुले आफ्ना सबै प्रेस्क्रिप्सन यो एपमा राख्नुहुनेछ । र, केमिष्टहरुले आफ्नो पासवर्डलाई अनलक नगरीकन डाक्टरहरुको औषधी बेच्न सक्नेछैनन् ।’ उनले चिकित्सकबाहेक अरु कसैलेपनि उक्त एपमा औषधीको प्रेस्क्रिप्सन राख्न नपाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
दुर्गम स्थानमा रहेका स्वास्थयकर्मीहरुले पनि टेलि–मेडिसिन प्रविधिको मार्फतले विरामीलाई टाढा रहेका चिकित्सकहरुको परामर्शमा उक्त चिकित्सकहरुबाट नै प्रेसक्रिप्सन लेखाउन सकिने प्रणालीको पनि एपले व्यवस्था गरेको साहको भनाई छ ।
साहले उक्त एप कार्यान्वयनमा आउँदा पनि उक्त व्यवसायमा सुरुदेखि नै लागिपरेका कसैको पनि जागिर नजाने समेत बताउनुभयो । उहाँको भनाइृ थियोे,‘हामीले एप कार्यान्वयनमा ल्याउँदा यो व्यवसायमा लागेका कसैको पनि जागिर जाँदैन्, बरु धेरै भन्दा धेरैले जागिर पाउनुहुने म विश्वास दिलाउन चाहन्छु ।’
साहले आफूहरुले उक्त परियोजना नेपालमा परोपकारी भावनाका साथ ल्याएको समेत बताउनुभयो । उहाँले भन्नुभयो,‘यसमा हाम्रो कुनै व्यवसायिक वा लाभ–हानीको उद्देश्य छैन् । बरु, नेपालमा यो परियोजनालाई हामी पूर्णतय परोपकारी भावनाले अघि बढाउँछौं । सरकारसँगको हाम्रो सहकार्यपनि यही उद्देश्यमा निहित हुनेछ । सरकारसँग हामीले यो परियोजना लागु गरेबापत कुनैपनि आर्थिक सहयोग वा लाभको अपेक्षा गरेका छैनौं ।’
त्यतिमात्रै नभएर उनले उक्त परियोजना लागु गर्दा यसमा सम्बद्ध कुनैपनि पक्ष वा सदस्यले पैसाको लागि उक्त रिसर्चमा नलागेको समेत उहाँको भनाई थियो । आफ्नो नेतृत्वमा रहेको टिमले नेपालमा स्वास्थ्य क्षेत्रमा मात्रै नभई अन्य आर्थिक–वित्तिय, कानूनी, सांस्कृतिक, शिक्षा र सामाजिक संरचनालाई २२ औं शताब्दीको स्तरमा उकास्नको लागि राष्ट्रव्यापी गरिने केही रिसर्चहरुलाई नेपाल सरकारले पूर्ण सहयोग गरिदिनेबारे पनि साहको अपेक्षा छ ।
डा. विनय पंजियारले नेपालमा पर्याप्त चिकित्सकहरु रहेको सुनाउँदै सल्लाहले बेच्ने प्रावधान मिलाएपनि केही फरक नपर्ने बताउनुभयो । उनले एलेक्जेण्डर फ्लेमिन्गोले एन्टीबायोटिकको विकास गरेको सुनाउँदै उहाँले भन्नुभयो,‘फ्लेअिन्गोकै नामको संस्था गठन भएको छ । चिकित्सकको सल्लाहानुसार औषधी बेच्दा एन्टीबायोटिक प्रतिरोधमा नियन्त्रण ल्याउन सकिन्छ । एउटा चिकित्सकको नाताले हामीले नेपालको स्वास्थ्य सेवा सुधार्ने अहिलेसम्मकै ठूलो अभियानलाई पूर्ण समर्थन दिएका छौं ।’ उक्त परियोजनाले सम्पूर्ण मानिसहरुलाई फाइदा हुनेसमेत पंजियारको भनाई थियो ।
मुटुरोग विशेषज्ञ डा.अजय मिश्राले एन्टीबायोटिक प्रतिरोध बढेको बताउँदै ‘यसको नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो ।
रोगप्रति एन्टीबायोटिकको मूख्य भूमिका रहेको उनको भनाई छ । तर, औषधी दुरुपयोग भएको कारण यसले विकराल अवस्था सिर्जना भएको भनाई पनि उहाको थियो ।
चिकित्सकको सल्लाहमा मात्र औषधी बेच्न पाउने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । ‘मेडिसिन पेशामा लागेका कुनैपनि व्यक्तिले चिकित्सकको सल्लाहबाहेक औषधी बेच्न पाउनुहुँदैन् । एन्टीबायोटिक प्रतिरोधको विश्वभरि नै समस्या छ ।’–डा मिश्राले भन्नुभयोे ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले विश्वभरि एन्टीबायोटिक दुरुपयोग समाधानको कुनै व्यवस्था नभएको जानकारी दिनुभयो । एनटीबायोटिकलाई समय र मात्रा मिलाएर खाँदा यसले सकारात्मक असर पार्न सक्ने बताउँदै उहाँले
तर, यसको दुरुपयोग गरेमा मानिसलाई लत लाग्ने सम्भावना हुने पनि उनले खतरा औंल्याउनुभयो । उहाँको भनाइ थियो, ‘दोस्रो विश्व युद्धपछि एन्टीबायोटिक मूख्य औषधीको रुपमा प्रयोग भइरहेको छ । यसको उचित प्रयोग गर्दा फाईदा हुने गर्दछ । चिकित्सकको प्रेसक्रिप्सनबिना कसैलेपनि एन्टीबायोटिक बेच्न पाउनुहुँदैन् । एन्टीबायोटिकलाई डाक्टरको सल्लाहमा मात्रै बेच्नसक्ने नियम बनाउन आवश्यक छ ।’, उहाँको भनाई थियो ।
प्रतिक्रिया