बौद्ध, पिपलबोट क्षेत्रमा फलफुल तथा जुस पसल चलाउनुहुन्छ विनोद कुमार । पसल अगाडी ढल फुटेको दृश्यदेखेपछि ग्राहक त्यो पसलको तर्फबाटै हिँडदैन । पसलमा दैनिक रुपमा जुस, फलफुल किन्न आउने ग्राहकको संख्या ओह्रालो लागेको लाग्यै छ । पहिले भन्दा अहिले निकै कम ग्राहक मात्र आइपुग्छन् उहाँको भनाइ छ । बाटोको धुलो र धुवाँको मुख्य कारणले नै ग्राहकको संख्या ठूलो मात्रामा घटेको पनि उहाँ बताउनु हुन्छ । “पसलमा आएका ग्राहकहरु नाक थुन्ने मात्र होइन कोहिले त ढलको गन्धकै कारणले वान्ता समेत गर्छन्”, कुमारको भनाई छ ।
स्तुप सामुदायिक अस्पतालमा लेखापाल पदमा कार्यरत सीता दंगाल सडकको धुलो(धुवाँका कारण माक्स लगाउनु परेको मात्र नभई अस्पतालको औषधि पसलका औषधीहसमेत फोहोर देखिँदा हैरान हुनुहुन्छ । ‘हामीले दिनभरी नै मुख ढाक्नुको लागि मास्क लगाउनु परेको छ । धुलोका कारण अस्पतालमा आउने विरामीहरु घाटी तथा अाँखासम्बन्धि विभिन्न रोगको शिकार हुने गरेका छन्’, उहाँ बताउनुहुन्छ । खास गरी रुघा, खोकी, ज्वरो जस्ता भाइरल रोगको समस्या देखा परेको भनाई पनि उहाँको छ । यस्तै, बौध्द जोरपाटी क्षेत्रमा सात महिना देखि ए वान क्याफे सचालन गदै आउनुभएका संचालक सुजित श्रेष्ठले सडकको अवस्थाका कारणले धेरै नै घाटा व्यहोर्नु परेको छ । बाटोक कारणले ग्राहकहरु आउन नरुचाउने र आउनेले पनि खुसीले खाने भन्दा धेरै फोहोर बाटोका समस्या बारे गुनासो गर्ने गरेको पनि उहाँले बताउँनुभयो ।
हिउँदे यामका कारण पहिलाको (वर्षां)को बाटो जस्तो हिलो छैन तर पनि सोचेको जस्तो बाटो निर्माण नभएको स्थानीयहरु बताउँछन् ।
बाटोको छेउमा क्याफे भएका श्रेष्ठ जस्ता थुपै ससना व्यवसायीहरु सिधै मर्कामा परेका छन् । यो सडक छिटो नबन्नुको कारण यहाँका स्थानीय र सरकार दुवैको हठ भएको केहीको भनाई छ । सरकारले बाटोको घरहरु भत्काउन खोज्ने र स्थानीयहरुले रोक्ने जस्ता कियाकलापले गर्दा सडकको काम धेरै समयसम्म रोकिएको अवस्थामा थियोे ।
स्थानीय सरकारको प्रतिनिधित्व गरिरहेका काठमाडौँ महानगरपालिका वडा.न. ६ अध्यक्ष दिपेन्द्र लामा सडकको काम भईरहेको दावी गर्नुहुन्छ । सडक निर्माणमा सबै भन्दा बढी समय लाग्ने भाग अर्थात गिटी राख्ने काम सम्पन्न भएको भनाई उहाँको छ ।
यो गिटी माथि पनि अर्को दुई इन्च थिचेर र त्यसमाथि दुई इन्च बाक्लो कालोपत्रे गरेपछि सडक निमाणको काम सकिने अवस्था रहेको उहाँले बताउनु भयो ।
तर जाडोका मौसमका कारणले गर्दा सडक निर्माणमा प्रयोग हुने अलकत्रा तथा चिप्स जस्ता वस्तुहरु राम्रो सँग नजम्ने समस्याका कारण तातो मौसमको पर्खाइमा आफूहरु रहेको उहाँको भनाई छ । ढल निकासका लागि पनि बारम्बार ठेकदारसगँ सम्पर्क गरिएको उहाँले बताउनु भयो । विगतमा सरकारको र ठेकदारको एकदमै कमी(कमजोरीले गर्दा समयमै हुनुपर्ने पिचहरु केहि समयको लागि धकेलिए पनि अब छिटै सपन्न गर्ने योजना रहेको पनि उहाँले बताउनु भयो ।
प्रतिक्रिया