विद्यालय हातामै हरित सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुर्पा शेर्पा, काठमाडौँँ
पेशाले त एउटा विद्यायको शिक्षक हुनुहुन्छ सविन शर्मा । त्रिभुवन विश्वविद्यालयबाट दुई विषयमा स्नातकोत्तर गर्नुभएका उहाँको जीविका चावहिलस्थित
तर त्यति मात्रै शर्माको सिंगो परिचय होइन । शिक्षणबाट बचेको समय उहाँ अरु विद्यालयका विद्यार्थीलाई दिनुहुन्छ, किनकी त्यहाँ उहाँले हरित सेना बनाइरहनुभएको छ । त्यो यस्तो सेना हो, जो आफू व्यक्तिगत रुपमा पनि सशक्त बन्छ र वरपरको हरियाली र वातावरणको संरक्षक पनि ।
आफूले अनुभव गरेको सर्वाधिक ठूलो दैवि विपत्ति अर्थात गत २०७२ साल वैशाख १२ गतेको भूकम्पको भोलिदेखि समाज सेवामा पाइला हाल्नुभएका शमौले आप्mनो सँस्था सृजनशील युवा सशक्रिकरण नेपाल (सिएन नेपाल) मार्फत एउटा विद्यार्थी केन्द्रित अभियान चलाई रहनुभएको छ । यो अभियानलाइ ग्रीनआर्मी प्रोजेक्टको नामबाट चिनिन्छ ।

नाफारहित सस्ंथा ग्रीन आर्मीले युवाहरुलाई सशक्त बनाउन, वातावरण संरक्षण गर्न र विकासका दिगो अभ्यासहरु स्थापित गर्न सुरु वर्षदेखि समुदायलाई उत्प्रेरित गर्दै आएको छ । शर्माका अवधारणा रुचाउने ५६ जना साथीहरुबाट जनही आठ सय ५० उठाएर सुरु गरिएको यो यो अभियानले अहिले आशा गरिए जत्तिकै सफलता हासिल गरेको शर्मा बताउनुहुन्छ । ‘पाचँै वषर््ा प्रवेश गरेको यो अभियान सुरुको भन्दा निकै व्यापक भएको छ र हामीयसलाई अझै अघि लैजाने सुरमा छौ’ शर्माले घामछायाँसँग भन्नुभयो ।


अभियानको सुरुवाती लक्ष्य काठमाडाँैको चाबहिलदेखि थली क्षेत्रका करिब एक सय विद्यालयमा यस्तो ग्रिन आर्मी गठन गर्ने हो । ति विद्यालयका विद्यार्थीलाई सार्वजनिक सम्बोधन, नेतृत्व विकास, विद्यालयमा बगैचासहित हरियालीको संरक्षण र विकासका लागि विद्यालय परिसरमै तालिम दिइन्छ र व्यवहारिक ज्ञान समेत दिइन्छ ।

अहिलेसम्म ५७ वटा विद्यालयमा यो तालिम संचालन गर्न र विद्यार्थीमा वातावरणीय चेतना भर्न संस्था सफल भइसकेको छ । ‘हाम्रो उदेश्य विद्यर्थीका्े व्यक्तिगत सशक्तिकरण होस् र उसमा वातावरणीय सन्तुलन कायम राख्नका लागि व्यक्तिगत तवरमै गर्न सकिने कुराहरुको ज्ञान होस् र सँगै भविष्यमा उ एउटा सफल पेशाकर्मी बन्न सकोस भन्ने हो’


यस्तो अभियानको सफलताका लागि सबैको सहयोग आवश्यक हुने बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो ठूलो लक्ष्य चाहिँ विद्यार्थीलाई नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउनु पनि हो’ ।
कुल ५७ जना सक्रिय सदस्य र बोर्ड सदस्य ९ जना रहेको सँस्थाका सदस्यहरु विद्यार्थीलाई दिइने यस्तै व्यवहारिक ज्ञानहरु बारे अध्ययन गर्न अमेरिकामा समेत गएका थिए ।
नाममा अप्ठ्यारो लागेर हुनुपर्छ, संस्था दर्ता गर्न नै दुई महिनासम्मे निकै कठिनाइ व्यहोर्नुभयो शर्माले ।
दातामुखी हुनुको साटो सहभागी सहभागी विद्यार्थीलाई नै दिइने टिसर्ट आदि प्रचार सामग्रीबाट उठेको रकम र केही चन्दादाताको सहयोगले अभियान सञ्चालन भइरहेको छ ।
अभियानले विद्यार्थीलाई आफ्ना जन्मदिनमा एउटा बिरुवा विद्यालय परिसरमा रोप्ने बानी बसाल्न लगाएको छ । अहिले विद्यालय विद्यार्थीको समस्या मानिन थालिएको व्यावरिक ज्ञान दिनका लागि जष्ठ नागरिकको जीवन र उनीहरुको अनुभव पनि विद्यार्थीलाई सुनाउने गरिएको छ
उनको अभियानलाई अभिभावकले राम्रै ठानेका छन् । बाल संसार माध्यमिक स्कुलका कक्षा ८ मा अध्ययनरत विधाथीका एक अभिभावक सोनाम राई आफनी छोरीले सार्वजनिक सम्बोधन र नेतृत्व विकासमा गरेको प्रगतिले निकै खुसी महसु गरेका छन् । यस्ता किसिमको कार्यक्रमहरु थप ल्याउनु पर्ने बताउँदै राई अभिभावकले आफना सन्तान का लागि पुग्ने समय निकाल्न नसकेको अवस्थामा ग्रीनआर्मीको कामले त्यो कमि पूरा भनाई समेत उनको छ । उहाँ शर्माको कामलाइै आफ्नो तर्फबाट समेत केहि सहयोग गर्नु परे गर्न तयार रहेको समेत बताउनु हुन्छ ।
चावहिलको ए जी इ एस स्कुलका प्रधानाध्यापक गणेश धितालका अनुसार अभियानले वातावरणको ज्ञानका साथै सार्वजनिक बोली, व्यक्तित्व विकासजस्ता कार्यक्रममार्फत सकारात्मक परिणाम ल्याएको छ । ‘यसै कारण ग्रीनआर्मीमा विद्यार्थीको सहभागिता बढदै गएको छ’, उहाँको भनाई छ।
बाल संसार माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत स्वर्णिमा राईको वातावरण सफा राक्ने, इको फेन्डली सीपहरु सिकाउने जस्ता कार्यक्रममा भागलिन पाउदा आफू निकै खुसी तथा भएको बताउँनुहुन्छ । यसबाहेक हस्तकला, प्रांगारिक मल बनाउने शिपम समेत अभियानले आफूहरुलाई सिकाएको उहाँ बताउनु हुन्छ ।