तलै खस्यो चिसो एस्ट्रे ढाकेको तुवाँलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, अर्थात् भूपि शेरचनको चिसो एस्ट्रे शुक्रबारदेखि अझै चिसो बन्न पुग्यो । शरदको अन्त्यदेखि काठमाडौंको आकाश ढाकेको धुवाँ धुलो आज बिहान देखिएको वर्षाले पखालेर जमिनमा झारिदिएको छ ।

हिउँदे झरीले कसैलाई यतिबेला चन्द्रागिरीमा हिँउ खेल्न पाउँदाको मजा दिएको छ र कतिलाई हातमुख जोर्ने काममा पनि जान नसक्दाको पिरलो । प्रकृतिको एउटै चाल पनि कसैलाई पुरस्कार त कसैलाई दण्ड हुने यथार्थ राजधानीका सडकहरुमा शुक्रबार फेरि एक पटक देखियो नै ।

तर समग्रतामा यो झरीको प्रभाव सकारात्मक नै पर्न गएको जल तथा मौसम विज्ञान विभागका मौसम विज्ञ वरुण पौडेल बताउनु हुन्छ । ‘पश्चिमी वायुको कारण हुने गएको यो वर्षको पहिलो हिँउदे झरीले पर्यावरणमा अत्यन्त सकारात्मक प्रभाव पार्ने देखिन्छ । घामछायाँसँगको कुराकानीमा उहाँले भन्नुभयो ।
सर्वप्रथम यो वर्षाले हिमालमा पर्याप्त हिउँ पार्नैछ । यसबाट हिमनदीको प्रवाह बढने र यसमा आधारित नेपालका नदिहरुमा पानीको बहाव राम्रो हुने पनि उहाँले बताउनु भयो । साथै हिमाली भेगहरुमा यतिबेला लगाइएका गहुँ जौ, आलु आदि बालीलाई सिंचाई र चिस्यान पुग्न गई राम्रो उत्पादनको बाटो खोल्ने अवस्था छ ।
तलै झ¥यो चिसो एस्टे«ढाकेको तुवाँलो

यो वर्षाबाट तर्सिनुपर्ने एउटै कुरा भने जाडोबाट शरीरलाई जोगाउने विषयमा हो । खासगरी बालक, वृद्ध र चिसोबाट जोगिनुपर्ने अवस्थाका मानिसहरुलाई भने यो चिसोले सताउन सक्छ । पश्चिमी बायुको प्रभाव भएकोले देशको पश्चिमी भागमा यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव बढी नै रहेन पनि मौसमविद् पौडेल बताउनुहुन्छ । ‘आज धनगढीमा ६५ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड छ ।

यसले त्यो क्षेत्रमा जाडो र माटोको चिस्यान दुवै बढाएको छ ’, उहाँको भनाई छ
पश्चिमी वायुले हरेक तीन महिनामा नेपालको हावा पानी प्रभावमा पार्ने गरेको जानकारी पनि मौसमविद् पौडेलले दिनुभयो । कुनै बेला भने यो वायुको चाप कमजोर हुने भएकोले सिंगो हिउँद विना वर्षा गुज्रिने भनाई पनि उहाँको थियो ।