प्रधानमन्त्री ओेलीको सक्रियता फेरि सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


एपेन्डीसाइटिक्सजन्य संक्रमणको सघन उपचार पश्चात स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री एंव नेकपा(नेकपा) अध्यक्ष केपी शर्मा ओली आइतबार साँझबाट पार्टी काममा सक्रिय हुनुभएको छ ।
प्रधानमन्त्री निवासस्थित स्रोत्का अनुसार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ पाँच बजेदेखि करिब आधा घन्टासम्म बैठक भएको थियो । बैठकमा पार्टीको सचिवालय बैठकको तयारी लगायतका विषयमा छलफल भएको जानकारी पनि स्रोत्ले दियो ।

दुई अध्यक्षबीचको उक्त नेकपा महासचिव विष्णु पोडेलसमेत सहभागी हुनहुन्थ्यो । पछिल्लो पटक एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली प्रधानमन्त्री केपी शर्मा ओली उल्लेखय स्वास्थ्य सुधारपछि १९ गते डिस्चार्ज हुनभएको थियो