लोभ गर्दा ठगको फन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘विषेश अफर ४५ हजार रुपैयाँमा आइफोन १०’ । झन्डै दुई महिना अघि राजधानीका एक जना व्यापारी(प्रहरीको अनुरोधमा नाम गोप्य राखिएको)लाई ह्वाट्स एपबाट आइफोन १०को आकर्षक फोटो सहित सन्देश आयो ।

राम्रै नाफा हुने यस्तो अफर आएपछि उक्त व्यापारीलेले अफर गर्नेसँग थप सम्पर्क गर्र्नुभयो ।
राम्रैसँग सन्देश आदन प्रदान भएपछि उसले ति व्यापारिलाई केही थान आइफोन १०को हिसाबमा पटक पटक गरी दुई लार्ख ३३ हजार पठाउनु भयो । झन्डै दुई महिनासम्म मोबाइल त आएन तर सन्देश आयो, ‘सामान आएर भन्सारमा अड्केको छ, ४५ हजार पठाइदिनु, तत्काल डेलिभरी हुन्छ ।’ यसो भनेपछि सोही अनुसार ४५ हजार रुपैयाँ पनि उक्त व्यापारीले पठाइदिनु भयो । त्यसरी थप रकम पठाएको हप्तौं बितेपछि पनि सामान नआएपछि उहाँलाई लाग्यो ‘अनलाइन ठगीमा परिएछ’ ।

त्यसपछि बल्ल महानगरीय अपराध महाशाखा टेकुमा पुग्नुभएका ति व्यापारीको सूचनाको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले राजधानीबाट सोमबार हाल भक्तपुर कौशलटारमा बस्दै आएका सिन्धुपाल्चोक, चौताराका २४ बर्षे अमिर थापा र स्थायी रुपमै भक्तपुरको कमलविनायकमा बस्ने २२ बर्षे अमन अवाललाई पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धान भईरहेको । प्रहरीको सुरुवाती अनुसन्धानका क्रमबाट अभियुक्त दुई जनाले गत एक महिना भित्रमात्र आठ लाखरुपैया भन्दी बढी रकम ठगी गरेको खुलासा भएको जानकारी महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले दिनुभयो । दुई अभियुक्तले थुपै व्यक्तिहरुलाई ठगी गरेको हुन सक्ने देखिएकोले थप अनुसन्धान जारी रहेको पनि उहाँले बताउनुभयो । कतिपयलाई ल्यापटप र क्यामेराका आकर्षक फोटो देखाएर ठगी गरेको समेत पाइएको उहाँले बताउनु भयो । घटना पछि महाशाखाले दुई अभियुक्तबाट ठगिएको अवस्था भए तत्काल सम्पर्क राख्न सूचना जारी गरेको छ ।

‘‘अनलाईनबाट सामान मगाई अमिर थापा र अमन अवालको खातामा रकम जम्मा गरी ठगीनु भएको छ भने आवश्यक समन्वय गर्न र गराउन हुन सम्वन्धित सबैलाई अपिल गरिएको छ’’ , सुचनामा उल्लेख छ
‘ठगिनुको मुख्य कारण लोभ हो‘ प्रहरी उपरिक्षक राठौरको भनाई छ । धेरै सस्तोमा महंगो पाइनले लोभले गर्दा उपभोक्ता ठगिने खतरा बढेको पनि उहाँले बताउनु भयो । कुनै पनि अफर अस्वभाविक मूल्यको छ भने त्यस्तोमा सोच बिचार नपुर्याए ठगिमा परिने उहाँ बताउनु हुन्छ । अनलाइन सपिङको चलन बढदै जाँदा यस्तो अपराधहरुको मात्रा पनि बढदै गएको समेत उहाँले बताउनु भयो
साथै सोही प्रकृतिका घटनाहरु पुनः दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग र सचेत रहन पनि प्रहरीले अनुरोध गरेको छ ।