विद्या भट्टराई निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फोटो : प्रविण वस्नेत

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ बाट ने क पाकी उम्मेदवार विद्या भट्टराई  विजयी हुनुभएको छ ।

मत गणनाको पछिल्लो परिणाम अनुसार विद्याले कुल २४ हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको ५ भने निकटतम् प्रतिद्वन्द्न्वी नेपाली काँग्रेसका खेमराज  पौडेलले  १५ हजार नौ सय ८६ मत प्राप्त गर्नु भएको छ । विद्याले खेमराज पौडेलको भन्दा कुल आठ हजार चार सय नौ बढी मत हासिल गरेपछि परिणाम विद्याको पक्षमा गएको हो ।

मतगणनाको अन्तिमतिर मतगणनास्थल पुगेकी स्थल पुगेकी विद्यालाई प्रतिद्वन्द्वी पौडेलले माला पहिर्याँउदै बधाई दिनुभएको थियो ।

अन्तिम परिणामअनुसार समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गर्नुभएको छ ।