एपेन्डिसाइटिससहित पेटको सङ्क्रमणकोउपचार गराईरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकहरुलाई उधृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले घामछायाँलाई बताउनु भयो, “उहाँ कुराकानी गर्न सक्ने अवस्थामा हुनुहुन्छ” । ओलीको हिजो महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरिएको थियो ।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे तेस्रो विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाउनु भएको छ । उहाँले ओलीलाइ सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको पनि उल्लेख गरेका छन । विज्ञप्तिमा ओली बोल्न सक्ने अवस्थामा पुगेको समेत उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार जारी राखिएको छ । प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान सो सेन्टरमा जानुभएको थियो । विज्ञ टोलीले उहाँको स्वास्थ्य परीक्षण गर्दा देखिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न रहेका छन ।
प्रतिक्रिया