साढे तीन सय विद्यार्थीका लागि ४६ कक्षा कोठा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाहिरबाट पुरानौ स्वरुप देखिए पनि भित्र पूरै आधुनिक । झन्डै ३६ देखि ४६ जना विद्यार्थी अटाउने अत्याधुनिक सुविधायुक्त कक्षा कोठामा १५ जना । सिंगो विद्यालयमा त्यही दरका ४६ कक्षा कोठा, परिसरमा चल्तीका नीजि विद्यालयको भन्दा आधुनिक बास्केट बलकोर्ट, प्रयोगशाला जस्ता थुपै सुविधा । एउटै भवनमा दुई विद्यालय र ति दुवै विद्यालयमा गरी विद्यार्थीको कुल संख्या मात्र तीन सय ६८ जना । आगामी मीन पचास विदापछि नेपालको ऐतिहासिक दरबार हाइस्कुल भवनमा देखिने दृश्य यस्तै हुनेछ ।
विद्यालयका प्रधानाध्यापक देवचन्द्र महतोका अनुसार आधुनिक शिक्षाको पहिलो संस्था मानिने दरबार हाईस्कुल –भानुमाध्यमिक विद्यालय)ले २०७२ सालको भूकम्पभन्दा अघिको भन्दा उज्याला, चम्किला र फराकिला कक्षा कोठाहरु सहितको भवन पाएको छ । भूई तलामा रहेको सँस्कृत माध्यमिक विद्यालयले पनि यस्तै खालको अत्याधुनिक भौतिक संरचना पाउँदै छ ।
भवनमा सुविधा सम्पन्न कम्प्युटर र विज्ञान प्रयोगशाला, चमेनागृह, अतिरिक्त क्रियाकलाप गर्ने कोठाहरु र आधुनिक युगका थुपै शैक्षिक सुविधाहरु हुनेछन् । कुल ४२ सय वर्ग मिटर जमिनमा पुरानो रूपको तर भित्रि भागमा पुरै नयाँ युगको निर्माण सामग्री प्रयोग गरिएको यो भवन मध्यशहरस्थित रानीपोखरीको डिलमा रहेको दरबारहाई स्कुल र त्यही भवनमा रहेका सँस्कृत माध्यमिक विद्यालयका लागि हो ।
यि दुबै विद्यालय यस्ता विद्यालय हुन जहा दुई सय भन्दा कम विद्यार्थी पढछन् । विद्यार्थी सख्या र उपलब्ध कोठाहरुको संख्या हेर्दा दरबार हाईस्कुल एक सुविधा सम्पन्न भूत बंगलाजस्तो हुने अनुमान सहजै गर्न सकिन्छ । ‘बास्केटबलको कुरै छोडौं हामीसँग टेबुलटेनिस कोर्ट पनि थिएन ।

विज्ञान र कम्प्युटर कक्षाहरु थिए तर त्यति व्यवस्थित थिएनन् । अब त क्यान्टिन पनि आउने भएको छ’, प्रधानअध्यापक महतो भन्नुहुन्छ ।
निर्माणमा संलग्न चिनियाँहरुले कक्षामा एउटा बेन्चमा एक जना विद्यार्थी बस्ने गरी अलग्गै प्रकारको डिजाइन गरेकोले कक्षा कोठाको भित्रि स्वरुप पनि अत्याधुनिक देखिने छ ।

अहिले ‘फिनिसिङ’ को चरणमा रहेको यो भवन अबको दुई महिना पछि सम्पन्न हुनेछ र हाल प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस परिसरमा रहेका दुई विद्यालयका विद्यार्थी उक्त भवनमा पढनेछन् ।
विद्यालयमा विद्यार्थी संख्या बढेको होइन घटिरहेको छ । विद्यालयमा अहिले कक्षा १० मा पुगेका विद्यार्थी राममणी सुवेदी भूकम्पपुर्व अर्थात् चार वर्षअघि रानीपोखरीको डिलमा रहेको ऐतिहासिक भवनमा कक्षा छमा पढदै गर्दा २५ जना सहपाठी भएको बताउनु हुन्छ ।

विद्यालयमा स्वास्थ्य र शारीरिक शिक्षा पढाइरहेका एक शिक्षक रानीपोखरीको डिलमा रहँदाको विद्यालय भवन भुकम्पले भत्काइ दिएपछि नै झन्डै ६० प्रतिशतले घटेको छ । त्यसमा पनि स्थानीय विद्यार्थीको संख्या नगन्य छ । ‘ बाध्यताले मात्र सावर्जनिक विद्यालयमा पढेको ’ भन्ने विद्यार्थी त्यहाँ छन् ।

अत्याधुनिक भवन र गतिलो भनिने निजी विद्यालय भन्दा उच्चस्तरको सुविधा भएर के गर्नु ? कुनैबेला शहिद गंगालाल, शुक्रराज, गणेशमान सिंह जस्ता देश हाँक्नेहरुले पढेको र नेपाली शैक्षिक इतिहासको अनिवार्य पाटोको रुपमा रहेको दरबार हाई स्कुल अहिले काठमाडौंमा डेरावाल, मजदुर वा त्यस्तै वर्गका लागि बाध्यताको विकल्प मात्र भएको छ । सार्वजनिक विद्यालयको खस्कँदो स्वास्थ्यबीच दरबार हाईस्कुलको ऐतिहासिक प्रतिष्ठा चिनिया सहयोगमा बनेको भीमकाय भवनले मात्र जोगाउला ?

यस्तो छ दरबार स्कुलको पूर्वरूप ………

पछिल्लो भूकम्पको प्रभाव
भूकम्प अघि …

नब्बे सालको भूकम्प अघि ......