हिउँदको चिसोले हावापानी चिसो बनाउन थालेको छ । खुला निलो आकाश चम्किला तारा र घामको न्यानो आभासको कल्पनासँगै कतिपयलाई चिसो मौसमले ल्याउने शारिरिक अस्वस्थताले पनि पिरोल्छ ।

हिउँदको आगमनमा रुगाखोकी कुनै नौलो समस्या होईन र रुगाखोकी बिग्रेर लाग्ने रोग पनि जनमानसमा अबगत छ । सबैलाई थाहा भएको पिनासको उपचारमा भने ठूलो प्रश्न चिन्न छ । धेरै मानिसहरू पिनासको उपचारबाट असन्तुष्ट छन् । के हो त यो पिनास ? यसको रोगथाम र पिनासको उपचार नहुँदा के हुन्छ ।
नाकेबडार वा नाकभित्रको खाली ठाउँ छेउछाउका हड्डीभित्र बसेको हुन्छ । टाउको हड्डीको तौल कम होस् सास लिँदा हावा नसुकोस् भनेर प्रकृतिले नाकेवडारको परिसरमा रहेका हड्डीहरू जस्तै निधार र आँखाको बिचको हड्डीभित्र गालाकोे हड्डीहरूमा बिभिन्न आकारको हावाको खल्तिहरू राखिदिएका हुन्छन् र त्यो हावाका खल्तिहरू नाके वडारसँग जोडिएको हुन्छ । प्राबिधिक भाषामा यसलाई साईनस भनिन्छ र उक्त साइनसको भित्रि सतहमा जिवाणुहरूद्धारा हुने संक्रमणलाई साईनुसाइटिस अर्थात पिनास भनिन्छ ।
पिनास धेरैजस्तो एडिनो , इन्फ्लुइन्जा , राइनो आदिजस्ता भाइरसको संक्रमणले रुगालागेपछि हुन्छ । सामान्यत जुन जिवाणुले रुगा लाउने ,नाक बन्द पार्न सक्छ र सोहि जिवाणुले पिनास पनि हुने गर्छ । साइनसमा जिवाणुको संक्रमण हुने धेरै बाटोहरू छन् ।प्राय संक्रमण रुगाखोकी लागेका ब्यक्तिहरू नजिक सासप्रश्वासबाट सर्ने गर्छ भने कतिपयलाई चिसोको एलर्जी हुनाले रुगा लागेपछि नाकेवडार साँगुरेर साइनस र नाकेवडार बिच खुल्ने बाटो बन्द हुन्छ । र बन्द भएपछि साइनसमा संक्रमण सुरु हुन्छ ।तर बन्द नभएपनि संक्रमण नहुने भन्नेचाहिँ हुँदैन । पौडि खेल्दा संक्रमित पानी पसेर , चोटपटक लागेर त्यस्तै गरि साइनसको भुँइमा जोडिएर बसेको दाँतबाट संक्रमण हुनसक्छ ।
पिनासले थुप्रै समस्या निम्त्याउँछ ।नाक बन्द भएर हावाको कमिले टाउको जिउ देखि लिएर निधारको हड्डीहरू दुख्ने, गाला तथा माथिल्लो गिजा दुख्ने ,जिउ दुख्ने र ज्वरो आउने सम्म हुन्छ । पिनास हुँदा महसुस हुने दुखाइ निहुरिदा , खोक्दा वा खानेकुरा चपाउँदा चर्को हुने गर्दछ ।बिरामिहरूले आँखा र गाला रातोरातो र सुन्निएको र सिँगान बगेको गुनासो गर्छन् ।
पिनास धेरैलाइ हुने गरेपनि पिनास आफैँमा ठूलो समस्या हैन तर यसको उपचारमा प्रश्नचिन्नहरू छन् रोग बारे सचेत नहुनु आफैँमा एउटा प्रश्नचिन्ह हो। समयमा उचित रोगथाम हुन नपाउनु , घरेलु उपचारको भर पर्नु ,अबैज्ञानिक उपचारपद्धति तिर लाग्नु असफल उपचारको कारण हो ।
पिनासका बिरामीले यो रोग निको भएपनि दोहोरिन सक्ने कुरा बुझ्नु पर्छ ।यसको सिकारमा परिसकेकाहरूले चिसोबाट बच्न चिसो हावाहरूबाट नाक र मुख बचाउने र टाउकोलाइ न्यानो राख्नुपर्छ । पिनास लागिसकेपछि यसको रोगथामको जग एन्टिबायोटिक हो । कतिपय रोगले धेरै नच्यापेको बेला अर्थात कम दुखाइ र कम संक्रमण भएको बेला तातो वाफ लिएर नै ठिक भएको महसुस गर्छन्।तर रोगले ठुलो रुप लिएको खण्डमा ज्वरो आएर कम्पन आउने , चिसो हुने जस्ता लक्षणहरू देखिएमा तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने अबस्थामा पनि पुग्न सक्छन् त्यसैले बाफ लिएर दुखाई नघटेमा चिकित्सकको मद्धत लिन जरुरी छ ।
यस्ता बिरामीले चिकित्सकको सल्लाह बमोजिम एन्टिबायोटिकको सेवन गर्नुपर्ने हुन्छ । परामर्श बमोजिम उचित मात्रामा दिइएको समय सम्म एन्टिबायोटिक सेवन नगर्दा किटाणुको पुर्णरुपमा बिनास नहुने र किटाणु पहिला भन्दा बलियो भएर फेरी त्यहि एन्टिबायोटिकले असर नगर्ने जस्तो समस्याहरू धेरै देखिन्छ र असफल उपचार र दिर्गरोग बेहोर्नु पर्छ । रुघालागेका मानिसले नाक खोल्ने औषधि पछि बाफ लिनाले धेरै लाभदायिक हुन्छ । यस्तो गर्दा साइनस र नाकेवडार बिचको बाटो खुल्छ । र संक्रमित पदार्थ बाहिर निस्कन्छ। पिनासका बिरामीले चिसो हावापानी बेहोर्नु परेपनि खानेकुराभने बार्नु पर्दैन । चिसो आइसक्रिम ,केक चाहिँ नखादा राम्रो हुन्छ । पिनासको समयमा उपचार नभएमा आँखावरपरको छाला पाक्ने ,साइनसभित्रको संक्रमित पदार्थ र पिपले सुरुङ बनाएर अनुहारमा फुटेर निस्कने , हड्डीको आकृति बिग्रने ,हड्डीको संक्रमण भएर हड्डी नै पाक्ने वा मस्तिस्कमा संक्रमण भएर मस्तिस्कमा रगत जम्ने र आँखाको पक्षघात सम्म हुन सक्छ ।
अतः रुघा बिग्रेर कुनै पनि कालमा पिनासमा परिणत हुन सक्ने ,पिनासको उपचार संक्रमित गर्ने जिवाणुको विनास भएपछि मात्र हुने पिनासको प्रभाव नाक खुला गर्ने विधि जस्तै वाफ लिने आदिले कम हुने र पिनासको बेलैमा उपचार नभए दीर्घरूपमा रोगी हुने कुरा प्रष्ट छ । पिनास लामो समयसम्म रहे हड्डी घटबढ भएर मुहारको आकृती बिग्रिने साथै आँखा र मस्तिस्क जस्तो अत्यन्त संबेदनशिल अङ्गमा नकरात्मक प्रभाब पर्दछ । त्यसैले रोगको समाधान नभए चिकित्सकको परामर्श जरुरी छ ।
प्रतिक्रिया