स्मार्ट कृषिकर्मको एउटा रुप : बेमौसमका बाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुनै तरकारी त्यसको मौसम सुरु हुन अघि वा सकिएपछि उत्पादन गरी राम्रो कमाउने कुशलता भएका कृषकको कुरै बेग्लै छ ।

हिउँद लाग्यो तर धेरै जसो वर्षे तरकारीहरु खान खोज्नेलाई रोकतोक छैन । बजारमा पोलेको मकै पाइन्छ , स्कुस, काँक्रो, सिमि बोढी आदि सँधै्र पाइन्छ । आलुको र गोलभेडाको कुरै नगरौं । यसरी मौसमकै बालीहरु लगाएर नबिक्न सक्ने वा कम मूल्य पाइने खतरा मोल्नु भन्दा बेमौसमी खेती तिर किसानको आकर्षण बढदो छ ।
कुनै बेला हिउँद लागेपछि मात्र पाइने बन्दा र काउली अहिले बाह्रै महिना किन्न पाइन्छ । खेतहरुमा सँधै देखिने यो तरकारीको खेतिलाई हेर्दा लाग्छ, यो सदाबहार तरकारी वाली हो । नयाँ प्रविधि र गुणस्तरीय बिऊका कारण अहिलेको पुस्तालाई कुन तरकारी कुन मौसमको उत्पादन हो भन्ने छुत्ट्याउन गाह्रो हुने अवस्था छ । कारण, तरकारी बजारहरुमा पुगेर हेर्दा जति बेला पनि जुन प्रकारको तरकारी पनि पाइन थालेकोे छ ।

उपत्यकाको मुख्य तरकारी उत्पादन थलो भक्तपुरकी लक्ष्मी लवजु पेशाले पुर्ण रुपमा कृषि पेशामा लागिकी छिन् । उहाँ मौसमी र बेमौसमी दुबै खालको खेती गर्छिन उनी । तर आफूले तुलनात्मक रुपमा बेमौसमी तरकारीलाई महत्व दिने गरेको उनी बताउँछिन् । घिरौंला जस्ता लहरे बालीमा वढीमात्रामा संलग्न हुने लवजु वाली लगाउनका लागि परम्परागत रुपमा ठानिएको मौसम भन्दा केही हप्ता वा महिना दिन अगाडि बोट रोपी सक्नेसमेत बताउँछिन् । ‘अरुले रोप्ने समयमा मैले भने गोडमेल गरिसकेकी हुन्छु’, उनी भन्छिन् ।
यसरी समय भन्दा चाँडै रोपिएका तरकारीवाली छिटै नै टिप्ने अवस्थामा पुग्छ । बजारमा थोरै थोरै मात्र पुग्दा माग र आपूर्तिको सम्बन्धका कारण आफुले राम्रो मुल्य पाउने विश्वास उनी जस्ता कृषकहरुको छ ।

भक्तपुरकै अर्का कृषक विश्वराम सुवाल काउलीवालीमा रमाउने कृषक हुन् । व्रो काउलीको मौसममै बाली लगाउनु उनी प्रचलित समयमा नै टिप्ने र बजारमा पु¥याउने गर्छन् । व्रो काउली कमैले मात्र लगाउने बाली हो । त्यसैले मौसममै पनि यसकोे मूल्य राम्रो आउँछ । ‘त्यसैले म मौसममै बाली लगाउँछु’। तुलनात्मक रुपमा व्रो काउली भन्दा सेतो काउलीको खेति भक्तपुरमा देखिन्छ । जसको कारण व्रो काउलीको माग र आपुर्ति भन्दा बढी नै रहेको देखिन्छ ।
‘मौसमी वालीमा पुरानो खेती प्रणाली अनुसारको समय तालिका अपना इन्छ भने मौसमभन्दा अगाडी नै वाली उठाउने कृषि प्रणाली वेमौसमी खेती हो’, भक्तपुर जिल्ला कृषि कार्यालयका वाली तथा संरक्षणविज्ञ किरण सिग्देल वताउँछन् ।

हरियो तरकारीतर्फ निकै फस्टाएको बेमौसमी खेति फलफूल धान, मकै , गँहु जस्त बेमौसमी वालीतर्फ सुरु हुन नसकेको सिग्देल वताउँछन् । तरकारीमा समयभन्दा छिटो वाली उठाउन सकिने मात्र होइन त्यसमा पनि बजारमा समेत बढी मूल्यमा बिक्री हुन्छ त्यसैले कृषकहरु तरकारीको बेमौसमी खेतितर्फ आकर्षित भएका हुन् ।
मौसमी तरकारी मौसम अनुकुल उत्पादन हुने गर्छ । यस्ता मौसमी तरकारीको उत्पादनलाई मौसमले नै साथ दिने हुदाँ बेमौसमीमा जस्तो धेरै मिहिनेत भने आवश्यक पर्दैन । तर वेमौसमी खेतिमा कृषक आफूले नै वालीका लागि अनुकुल हुने मौसम तयार गर्न मिहिनेत गर्नुपर्छ । मौसमका साथै कीराको आक्रमणबाट बचाउनका लागि विभिन्न रसायन र विषादी पनि प्रयोग गर्नुपर्छ ।

बेमौसमी कृषिमा पनि पछिलोे समय गोलभेडा खेतीमा किसानहरु बढी मात्रामा लागेको पाइन्छ । अनुकुल मौसमका लागि प्लाष्टिकको घर बनाएर वाली लगाउने गरिएको छ ।
मौसमा फल्ने तरकारी र बेमौसममा उत्पादन गरिने तरकारीकाो गुणस्तरमा निकै फरक पाइएको तरकारी उपभोक्ता विन्दु बरिया बताउँछिन् । उनका अनुुुसार मौसममा पाइने तरकारी बढी स्वादिला हुन्छन् । त्यस्तै मौसमी तरकारी सोही मौसममा खाँदा पौस्टिक हुने पनि उनको भनाई छ । त्यसो त बेमौसममा खाँदा पनि पौस्टिक नहुने होइन । अरुबेलामा भन्दा जाडो याममा चाकु, सखरखन्ड लगायतका माटो मुनी फल्ने खाद्य पदार्थ खाए जस्तै, उनको भनाई छ ।

कृषिको व्यावसायिक लाभ तुलना गर्दा भने मौसमी खेतिभन्दा वढि आम्दानि बेमौसमी खेतिमा हुन्छ । नयाँ प्रविधि, नयाँ बिऊ विजन आदिका कारण यतिबेला बेमौसमी तरकारी खेति फस्टाउँदै गएको छ । कारण प्रष्टै छ, बेमौसमी तरकारीको तुलनामा थोरै समयमा धेरै उत्पादन हुने र अझ मुख्य रुपमा भन्द राम्रो आम्दानी ।

यद्यपी विज्ञहरु मौसमी तरकारी खेती बेमौसमी खेतिको तुलनामा विषादी मुक्त हुने बताउँछन् । मौसमी खेतिमा बालनाली प्राकृतिक रुपमै उत्पादन हुने हुदाँ अहिलेका सचेत उपभोक्ताले बढी रुचाउँछन् । यसलाई अर्गानिक तरकारी खेतीको रुपमा पनि विकास गर्न सकिन्छ ।

अर्गानिक मौसमी उत्पादन बजारमा पाइने बेमौसमी तरकारी भन्दा केही महङ्गो पर्न सक्छन् । तर बजारमा मौसमी तरकारीको आपूर्ति धेरै हुँदा अर्गानिक खेति गर्न खोज्ने कृषकले मुल्य नपाउने र दोहोरो मारमा पर्ने गरेको पनि पाइन्छ । यस्ता विभिन्न कारणले मौसमी तरकारी बालीभन्दा बेमौसमी बालीमा कृषकहरुको आर्कषण बढदै गएको पाइन्छ ।