जीवनमा धेरै समय दुःख हुन्छ कि सुख ? एकछिन यो प्रश्नको जवाफ दिन घोरियो भने मानिसले सजिलै भन्छ, ‘जीवनमा दुःख नै धेरै । असहता, अभाव, तनाव र चाहेको कुरा नुहँदाको पीडा। सामान्य विचार मात्र गर्दौ पनि खुसी भन्दा दुखका क्षणले मानिसलाई पछिसम्म पनि प्रभावित पारिरहेका देखिन्छ । अर्थात खुसी एक क्षणका लागि । खुसी थोरै बेरको लाग्नुमा अल्बर्ट आइन्साटइनको सापेक्षाको सिद्धान्तले पनि काम गरेको हृनसक्छ । उनी आप्ःनो सिद्धान्तको व्याख्या गदै भन्थे, तातो कराइमा एक छिन बस्ने मानिसलाई समय अत्यन्त ढिलो चले जस्ता लाग्छ भने प्रेमिकासँग बसेको मानिसलाई समय सामान्य भन्दा कम चले जस्तो।
यस्तो अनुभूतिका कारण दुःख नै बढी देखि पनि मानिसको मस्तिष्क भने खुसीतर्फ नै लससिएको.हुन्छ । मस्तिष्कमा घुमेको खुसी घरीघरी उसको बोली, चाल वा मुहारमार्फत अभिव्यक्त गरिरहेका हुन्छ । जन्मे देखिनै एउटा यात्रामा हिँडिरहेको मान्छ पटक पटक लड्छ तर नहिँडिरहन सक्दैन् । त्यसैले विज्ञान र प्रविधिको विकास हुनु अघि आइलागेका ठूला प्राकृतिक प्रकोपबाट गुज्रिएर पनि मानिसले सृष्टिलाई निरन्तरता दिन सकेका होलान् । मानिस किन खुसी नै देखिन्छन्…………………..
अपेक्षाहरूको व्यवस्थापन
खुसी देखिएका मानिसले चाहेका धेरै कुरा पाउँदैनन् तर त्यसले उनीहरुलाई विचलित गराउँदैन । बरु नपाउँदाको त्यो क्षणबाटै उनीहरुमा आशाको अर्को बीजारोपण भइसक्छ।
सामान्यतया असम्भव आशा पाल्दैन मान्छे
खुसी देखिने मानिसले सामान्यतया असम्भव वा अति कठिन आकांक्षा पालेर बस्दैन्। त्यसो गर्नाले उ हीनताबोधको शिकार हुनबाट समेत बचिरहेको हुन्छ ।
पुगिसरि आएको कहिल्यै महशुस नहुनु
यति भए पुग्यो भन्नुको अर्थ अब खुसीहुने आधार सकियो भन्नु जस्तै हो । त्यसैले मानिसले आकांक्षाहरु बढाउँदै जान्छ र ति मध्येका केही मात्रै पूरा हुँदा पनि खुसी हुने नयाँ बहाना मिल्छ।
पैसाले कहिल्यै पुग्दैन भन्ने चेत
पैसाले खुसी किनिँदैन यो मानवले लामो समयको अनुभवाट आर्जन गरेको ज्ञान हो। पैसा नपुग्ने यथार्थले मानिसलाई सँधै केही नयाँ र थप राम्रो हुने कुराको आश देखाइरहन्छ।
दुःखद् क्षणलाई पन्छाउने दिमाग
सँधैलाई वा दुरगामी असर पार्ने सानातिना तनाव र नकारात्मक क्षणसँग मानिसको मन टाँसिइरहँदैन्। एकछिन अघिभएको दुखद् घटना पनि तत्कालै विर्सिन चाहन्छ मान्छे । त्यसले गर्दा पनि निकट विगतको दुःख चेहेरामा आउँदैन।
आफ्नै बारेको चिन्तन
आफ्नै हितका बारेमा सोचने मानव स्वभावले पनि मानिसलाई खुसी तुल्याइरहेको हुन्छ। आफ्नो भन्दा अरुको बारेमा चिन्ता लिने व्यक्ति त्यति खुसी हुँदैन्।
ससाना कुरामा खुसी
बाटोमा हिँडदा हिँडदै देखिएको सुन्दर फूलले मानिसलाई एकै क्षण भए पनि मोहित गराउँछ । बाटोमै भेटिने अपरिचितसँग पनि प्रसंग मिलेसम्म गफ गर्न तम्सन्छ मानिस। गम्भिर र महत्वपूर्ण कुरा नभए पनि ससाना रमाइला कुराले पनि मानिसलाई खुसी राखिरहन मद्दत गर्छ ।
सहज आत्मसाथ
सहज वा असहज परिस्थितिलाई छिटै आत्मसाथ गर्न सक्ने मानिसको
खुबी पनि खुसीको अर्को कारण हो । प्रतिकुल परिस्थति तथा अत्यन्त तनाव वा दबाव आइपर्दा पनि मानिसले आत्मसाथ गर्न सकिने पक्ष खोजिरहेकै हुन्छ ।
नयाँ अनुभव लिने चाहना
बिहान एक थरी तरकारी खाइएको मानिस बेलुका अर्कै स्वादको तरकारी खोज्छ । नयाँ गन्ध, धुन र रंगको खोजी तथा त्यसको प्राप्तिले पनि मानिसलाई खुसी दिन्छ।
सकेसम्म समयको तनावबाट मुक्ति खोज्ने
मानिस सकेसम्म समयको तनाव वा आतुरीबाट मुक्त भएर काम गर्न खोज्छ । आफूलाई आराम मिल्ने गतिमा मानिस सकेसम्म चल्छ । यसले गर्दा उसलाई सुखानुभूति भइरहेको हुन्छ ।
वैकल्पिक बाटो खोज्ने बानी
कडा चट्टानलाई फोर्न एकोहोरो बल लगाइरहनुको साटो फरक ढंगले विषय वस्तुबारे३ सोच्ने वा एकातर्फको क्षतिलाई अर्को तिरको अवसरका रुपमा बदल्न सक्ने मानव क्षमताका कारण पनि मानिसलाई सुख मिल्छ ।
निरन्तर सिक्ने लगाव
निरन्तर जान्न खोज्ने मानिसको स्वभाव आफैँमा एउटा प्रेरणा स्रोत् हो। कुनै नयाँ ज्ञान पाउँदा प्रफुल्ल हुनु र जीवन भरी नै केृही सिकिरहन खोज्छ मान्छे ।
केही न केही गर्ने सोच
मानव विनाउद्देश्य रहन नसक्ने प्राणी पनि हो । दुव्र्येसननी वा मनोरञ्जनमै समय बिताउने हरुमा पनि केही न केही गर्ने सोच रहेको हुन्छ । त्यसैले एउटा उद्देश्यमा असफल हुनासाथ तत्कालै अर्को उद्देश्य दिमागले बनाइ हाल्छ ।
अरुबाट मान पाउन आफ्नो तर्फबाट मान
सम्बन्ध निर्माण र निर्मित सम्बन्धलाई बलियो बनाउन लागि मानिसअरुलाई मान गर्न माहिर हुन्छ । किनकी त्यसको साटोमा उसले पनि मान पाउने सम्भावना अधिकांश अवस्थामा रहन्छ ।
नयाँ बाटो खोज्ने बानी
मानिस हर हमेसा नयाँ क्षेत्रमा पाइला हाल्न खोज्ने प्राणी पनि हो । आफू अगाडी आएको मौका छोप्ने र त्यसैलाई सफलताको आधार बनाउनेहरु हतपति असफल नभएको देखिन्छ ।
सुधार खोज्ने बानी
निरन्तरको सुधार प्रयास मानिसको सफलताको अर्को कारक तत्व हो। जे सुकै काम भए पनि त्यसको सुधार हुँदा खुसी हुने बानीले पनि मानिसलाई सफलता उन्मुख गराउँछ ।
सँधै गम्भिर नहुने बानी
अतिरञ्जित र जटिल विषय वस्तु आउँदा पनि तत्काल उग्र नभइ हाल्ने र आप्ःनो गल्ती तथा दुर्भाग्यमा पनि मुस्काउन सक्ने बानीले पनि मानिसलाई खुसी राखिरहेको हुन्छ ।
वर्तमानमा बाँच्ने बानी
सुखि मानिस भोलीको दिनका लागि बाँच्दैन न त उ हिजो भएका कुृरामा नै अल्झि रहन सक्छ। वर्तमानमा बाँच्न र त्यसबाट सकेसम्म धेरै प्राप्त गर्न खोज्नु मानिसको आधारभूत स्वभाव हो ।
प्रतिक्रिया