कलिलो उमेरका उनीहरु त्यसै त्यसै रन्थनिन्छन् । कतै दुखेजस्तो हुन्छ । कारण बताउन सक्दैनन् तर चिन्ताले ग्रस्त हुन्छन् ।
केही न न केहीले उनीहरुलाई तर्साइरहेको जस्तो लाग्छ । उनीहरुका कतिपय साथीहरु अकारण कुनै मानिससँग तर्सिन्छन् । हरेक नौलो मानिसलाई उनीहरु आफूलाई कुट्न पिट्न आएकै मान्छे ठान्छन् ।
देशका विभिन्न भागबाट उद्धार गरी राजधानीका बालगृहहरुमा राखिएका घरेलु बालश्रमिकहरु यस्तै कारणले गर्दा न आप्m्नो उमेर अनुसार खान सक्छन्, न बोल्न र नत कुनै शारीरिक काम गर्न । त्रिभुवन विश्वविद्यालय र बेलायतको लण्डनस्थित किंगस् कलेजमा पढाइरहेका मनोविज्ञान विभागका प्राध्यापकहरुको संयुक्त अध्ययनले यस्तो अवस्था फेला पारेको हो ।
अध्ययन अनुसार उद्धार गरिएका एक सय मध्ये ६२ प्रतिशत बालबालिकाहरुमा विगतमा उनीहरुले भोगेको कुनै कुन कुनै न कुनै शारीरिक वा मानसिक दुव्र्यवहारका कारण यस्तो मनोवैज्ञानिक समस्या देखिने गरेको छ । उनीहरु मध्ये हरेकले तीन वा तीनभन्दा बढी प्रकारको दुव्र्यवहार भोग्नु परेको पनि अध्ययनमा देखिएको छ ।
मनोविद्को भाषामा पोष्ट ट्रम्याटिक डिसअर्डर भनिने समस्याका कारण कतिपय बालबालिकाको अवस्था अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा डराए जस्तो हुने कुरा अध्ययनको नेतृत्व गरेका त्रिचन्द्र कलेजको मनोविज्ञान विभागका प्राध्यापक डा. नारायणप्रसाद शर्मा बताउनुहुन्छ ।
अध्ययनको निश्कर्ष सार्वजनिक गर्न राजधानीमा बिहीबार आयोजित कार्यक्रममा यो उहाँले अहिले सानो देखिएको यो समस्याबारे बेलैमा सचेत नभए भविष्यमा ठूलै कठिनाई उत्पन्न हुने भनाई उहाँको थियो । घरेलु श्रमिकका रुपमा काम गर्दा मालिक वा अरु कोहीबाट भएको कुटपिट, यौन दुव्र्यवहार, शारीरिक वा मानसिक अवहेलना वा चरम वेवास्थाका कारण यस्तो मानसिक अवस्थामा पुग्ने गरेको अध्ययनमा संलग्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका उपप्राध्यापक सन्देश ढकाल बताउनु हुन्छ । ‘दुव्र्यवहारको परिणाम स्वरुप उनीहरु कलिलै उमेरमा उपचार नगरी नहुने मानसिक समस्या ग्रस्त बन्न जान्छन्’ , उहाँको भनाइ छ । समयमै उपचार भएमा भने यस्ता समस्याबाट उनीहरुलाई तत्कालै मुक्त गरी सामान्य जीवन यापनमा फर्काउन सकिने धारणा पनि उहाँको छ ।
शारीरिक लगायतका दुव्र्यवहार भोग्ने बालबालिका देशभर हजारौंको संख्यामा रहेका छन् । घरेलु बालश्रम बाट उद्धार गरी ८ वटा बालकेन्द्रमा राखिएका एक सय तीन बालबालिकाहरुमा गरिएको अध्ययनले शारीरिक तथा मानसिक हिंसा भोग्न बाध्य अन्य बालबालिकालाई पनि यस्ता खाले समस्याबाट मुक्त गराउन बाटो देखाउने डा. शर्मा बताउनु हुन्छ । उहाँका अनुसार अध्ययनको दोस्रो चरणमा दुव्र्यवहार भोग्न बाध्य बालबालिकालाई प्रयोगात्मक परामर्शका माध्यमबाट मानसिक समस्या मुक्त बनाउने तरिकाबारे अधययन गरिने र त्यसका आधारमा सरकार तथा अन्य सम्बद्ध निकायलाई आवश्यक नीति निर्माणका लागि सुझाव दिइन जानकारी पनि उहाँले दिनुभयो ।
अध्ययनमा संलग्न बेलायतको कींगस् कलेजले भारतको बनारस र लण्डनमा पनि बालबालिकामाथि हुने दुव्यर्वहारले उनीको मानसिक स्वास्थ्यमा परेको प्रभावबारे अध्ययन गरेको थियो । यि देशहरुमा पनि यस्ता खालका समस्या उच्च दरमा रहेको कलेजकी सहप्राध्यापिका जेनिफर एफ लाउ बताउनु हुन्छ ।
प्रतिक्रिया