सबैका हातमा मोबाइल र सबै मोबाइलमा क्यामेरा । कुनै पनि खुसीको बेला, विशेषबेला वा अनौठो दृश्य सँग सात्क्षात्कार भएको बेला नै किन नहोस् क्यामेरा चलाई हाल्न मन लाग्छ ।
तर फोटोग्राफीको राम्रो ज्ञान भएका मानिसबाहेक अधिकांशको फोटो मोबाइल वा क्यामेराको डिजिटल स्पेसका लागि भार मात्र हुन्छन् । ति फोटो मध्ये चाहिने मात्र राखेर नचाहिने फोटो मेटने फुर्सद समेत धेरैसँग हुँदैन ।
त्यसैले धेरै फोटो खिचेर झन्झट गर्नुभन्दा थोरै तर राम्रा क्लिक गर्नु बुद्धिमानी हुन्छ । त्यसैले फोटोग्राफी असंख्य प्राविधिक र सृजनात्मक कुरा मध्ये जान्नै पर्ने सातवटा विधिलाई यहाँ प्रस्तुत गरिँदैछ । जसले सामान्य क्यामेराबाट पनि राम्रो फोटो निकाल्न सम्भव बनाउँछ ।
लिडिङ लाइन
यो विधि चित्रकलामा पनि प्रयोग हुन्छ। यो फोटो हेर्ने व्यक्तिलाई फोटोको गहिराइ तर्फ तान्ने एउटा तरिका हो । दर्शको आँखा फोटो एउटा विन्दुबाट तानिँदै खिचिएको वस्तुको गहिराई सम्म पुग्छ ।
फोटो रहे डि रेक्स
यो तरिका प्रयोग गर्न नदि वा खोलामा लहरै देखिने ढुंगा वा लामो दूरीतर्फ गइरहेको बिजुलीका खम्बाहरू आदि वस्तुको फोटा खिच्न सकिन्छ ।
तेस्रोको नियम
सर्वाधिक प्रचलनमा रहेको यो नियमअनुसार खिच्न खोजिएको वस्तुको पनि सर्वाधिक आकर्षक विन्दुहरूलाई फ्रेमको सर्वाधिक महत्वपूर्ण ठाउँमा पार्न खोजिन्छ । ति विन्दुहरूलाई फ्रेमका चार वटा ठाउँमा वर्गाकार हुने गरी क्यामेरामा कैद गरिन्छ । ति चार विन्दुले फाटोलाई बराबर नौ वटा कोठामा बाँडछन् ।
फोटो लेफटेरि काटसोरम्यानलिस
फ्रेमिङ
एउटा रुखको हाँगो, काठको संरचना वा बाहिर पटि राम्रो दृश्य देखिने झ्याल । फोटो भित्र निश्चित आकारमा फ्रेम सृजना गर्न सकिने अवस्थाका उदाहरण हुन् यि । यसले वरी परीका वस्तुलाई मुख्यत खिच्न खोजिएको वस्तुलाई छुट्याएर फोटोलाई थप आकर्षक बनाउन मद्दत गर्छन् ।
फोटो जोनाथ कोसरिड
क्रपिङ
हामील खिचेको वस्तु वरपरको चिज अरुचि पूर्ण वा अनाकर्षक हुन सक्छ । यसलाई हटाउने सर्वोत्कृष्ठ उपाय नै क्रपिङ गरी अनावश्यक दृश्यलाई फाल्नु हो । आफूले खिच्न खोजेको वस्तुलाई फ्रेम भरी देखाउन यो विधि काम लाग्छ ।
रित्तोपन भर्ने उपाय
खिच्न खोजिएको विषय वस्तुलाई फ्रेमको तल्लो भागमा ल्याएर सृजनात्मक कम्पोजिशन गरिन्छ । त्यो गर्दा माथिल्लो भागमा
खाली ठाउँ हुन्छ । त्यसलाई भर्न विचमा कुनै अर्को वस्तु आउने गरी फोटो खिचिन्छ ।
फोटो ड्यानियल जेड्डा
डेप्थ अफ फिल्ड
क्यामेराबाट हेर्दा प्रष्ट तस्विर लिन सकिने सबै नजिक र सबै भन्दा टाढा रहेको वस्तु बीचको दूरी अर्थात डेप्थ अफ फिल्डलाई पनि सृजनात्मक फोटो ग्राफीमा प्रयोग गर्न सकिन्छ ।गहिरो डेप्थअफ फिल्ड अर्थात फोकस हुन सकिने सबै भन्दा टाढाको दुरीलाई ल्याण्डस्केप फोटोहरुका लागि प्रयोगमा ल्याउन सकिन्छ । किनकी ल्याण्डस्केप फोटोहरुमा फोटोका सबै कुना फोकस भएको अवस्था हुनुपर्छ । यस्तो ठूलो डेप्थअफ फिल्ड आफ्नो फोटो ग्राफीमा पाउनका लागि विभिन्न उपाय छन् । उदाहरणका लागि एपरचरलाई सानो पार्ने, वाइड एंगल लेन्स प्रयोग गर्ने ठूलो सेन्सर क्यामेराको प्रयोग आदि ।
फोटो खिच्ने कोण
पुराना शैलीकै फोटो खिच्नबाट बच्न तथा आफ्नै सृजनाबाट प्रभावकारी फोटो खिच्न फोटो ग्राफरले विभिन्न कोणबाट फोटो खिच्न सक्छ । उदाहरणका लागि विषय वस्तुलाई सिघा अगाडीबाट मात्र नखिची छड्के ठाउँबाट, तल वा माथिबाट समेत खिचेर फोटोलाई अरुको भन्दा भिन्न र आकर्षक बनाउन सकिन्छ । सृजनात्मक फोटो खिच्न नियमलाई तोडेर आफ्नै शैली र तरिकाको विकास पनि गर्नु पर्छ ।
फोटो जियोभानी ओल्र्यान्डो
यि नियमहरु पछ्याउनु अघि एउटा कुरा भने मनमा राख्नै पर्छ । त्यो हो, ‘फोटोग्राफीमा कुनै पनि नियमले सृजात्मक हुनका लागि रोक्दैन’ । के खिच्ने ? कतिबेला खिच्ने ? कता तिरबाट खिच्ने ? जस्ता कुरा फोटोग्राफरको अन्तर मनमा रहेको सृजनात्मक क्षमता र लगावमा भरपर्छ ।
त्यसैले यि र यस्तै विधिहरू सामान्यतया फोटो ग्राफरलाई बाटो देखाउनका लागि हुन् । त्यसलाई प्रयोग गरेर आफ्नो सृजना पोख्न यसैमा बाँंधिइरहनु पर्छ भन्ने छैन ।
प्रतिक्रिया