पानी नपरेको दिन पसिनाले भिज्नु पर्ने अहिलेको समय ‘कफी खाने ?’ केही वर्षअघि सम्म यस्तो भन्दा जो कोहीको उत्तर नकारात्मक जवाफ आउन सक्थ्यो । तर……………………………….. यो देशका शहरी क्षेत्रका बासिन्दाको जिब्रोमा भने चिसो कफीको स्वाद पसिसकेको छ । गर्मीकै जस्तो क्याफेचिनो, क्याफे लाते वा क्याफे मोक्का तातो आदि ग्रुइङ मेथडबाट बनाइने विभिन्न स्वादका चिसा कफि बजारमा पाइन्छन । ‘गर्मी भएकोले चिसो कफि’ । काठमाडौंमा चिसो कफि खानेहरुलाई सोध्दा सामान्यतया यस्तै जवाफ आउँछ र उनीहरुको मनस्थिति पनि त्यस्तै हुन्छ । तर कफि सँस्कृतिको विकास धेरै अगाडी भएका पश्चिमा देशहरुमा भने मौसम र कफीको तापक्रमबीच काठमाडौंमा जस्तो सम्बन्ध नरहने बताउँछन् कफी प्रशिक्षक माधव देवकोटा । ‘उतातिर जाडो दिनहरुमा पनि चिसो बिक्छ गर्मिमा पनि तातो कफीको व्यापारमा उस्तो कमी आउँदैन’ , उनको भनाइ छ ।
समयसँगै कफी स्वाद र बनाउने तरिका पनि विकसित हुँदै गएको छ । सामान्यतया कोर र सिग्नेचर गरी दुई थरी कफी अहिले कफी पसलहरुमा देखिन्छ । कोरअन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा जहाँ पनि उस्तै उस्तै स्वादमा पाइने क्याफेचिनो, क्याफे लाते वा मोक्का आदिजस्ता कफीहरु पर्छन् । यिनीहरुको चिसो संस्करण पनि सोही तरिकाले बनाइएको हुन्छ । सिग्नेचर अन्तर्गत भने ठाउँ वा देशअनुसार विभिन्न स्वादमा तयार गरिएका कफीहरु पर्छन्। पछिल्लो समय ब्लेन्डेड कफीको चलन व्यापक बनेको छ । देवकोटाका अनुसार बरफको डिक्का फुटाएर कफीमा घोल्ने तरिकाबाट यस्ता कफी तयार गरिन्छ । त्यसका लागि बरफ, पानी वा दुधलगायतका पदार्थ घोलेर अर्धतरल अवस्थाको कफी बनाइन्छ । जुन सामान्य कफी भन्दा विशिष्ट स्वादको हुन्छ । यसलाई रिफे्रसिङ
कफीसमेत भनिन्छ ।
सन् २००० को आसपासदेखि हिमालय जाभालगायतका केही कफ सपहरुमा देखिन थालेको चिसो कफि अहिले व्यापक भएको छ । त्यसले कफी तातो खाद्यपदार्थ मात्र हो भन्ने मासिकता विस्तारै कम हुँदै गएको देवकोटा बताउँछन्। बढी मात्रामा टिनएजर युवा युवतिले चिसो कफी सुचाएको अनुभूति उनको छ । त्यसमा पनि युवतिहरुले चक्लेट घोलिएका चिसा कफी बढी मनपराएको पनि पनि उनी बताउँछन्। तातो भन्दा चिसो कफिमा बढी प्रक्रिया र तत्व सामेल हुने भएकोले यो तातोको तुलनामा केही महंगोसमेत हुन्छ ।
त्यसो त कफी सपमा पाइने अर्धतरल चिसो पेयमा कफीयुक्त मात्र हुन्छन भन्ने छैन । स्मुदी भनिने कफी रहित पेय पनि कफी शपहरुले विक्रि वितरण गरिहेका छन्। स्मुदीमा दही र आँप, मेवालगायत मौसम अनुसारका फलफूल प्रयोग गरिएको हुन्छ ।
प्रतिक्रिया