तत्कालिन राजनीतिक को एक ज्वाजल्यमान तारा मदन भण्डारीको गैर राजनीतिक प्रशंग पनि उत्तिकै रोचक छ । उनको व्यक्तित्वले राजनीतिक करिअरलाई सहयोग पुर्याएको थियो भन्ने थाहा हुन्छ । २६ वर्ष अघि आजकै दिन चितवनको दाशढंगामा भएको रहस्यमय जिप दुर्घटनामा परेर जीवन गुमाएका मदन भण्डारीको राजनीतिक सोचले अहिले पनि नेपाली राजनीतिलाई प्रभावित गरिरहेको छ । अहिलेको जस्तो देशभर कम्युनिष्ट पार्टी सर्वशक्तिमान हुने आधारशीला खडा गर्ने मध्येका एक हुन मदन ।
दुई महिनापछि उही जासुस्
२०३७ साल तिरको कुरा हो म झस्किएँ । लौ यो प्रहरी जासुस कमरेडहरु यहाँ बसेको थाहा पाएर खोज्न आयो । त्यस दिन कमरेडहरु यहीँ बसेर बिहान मात्र बाहिर निस्किनु भएको थियो । अब यसले विताउने भयो भन्ने ठानेर मैले झर्किएर ठाडौ शैलीम म जान्दिन कोही साथी, म एक्लै छु भनेर जवाफ दिएँ र वास्तै नगरी आप्mनो काममा लागि रहेँ कमरेड उभिएको उभियै, किंकतव्र्य विमुढ भएर हेरिहरहनु भयो र केही छिनमा रित्तै फर्किनु भयो । बेलुका घरका सदस्यहरुलाई दिउँसो जासुस आएर कमरेडहरुलाई खोजेको कुरा बताएँ । तर उहाँहरुले पत्याउनु भएन ।
करिब दुई महिना पछि फेरी पनि उही जासुर सरासर घरमा आयो । म भान्छामा थिएँ । उनलाई देखेर अत्तालिएँ आज अर्कै भेषमा उही जासुस् । तपाई को हो ? किन सरारसर माथी आउनु भएको । माथि आउन घरका मान्छेलाई सोध्नु पर्दैन ? भने पछि १५ २० मिनेट बस्ने अनुमति माग्नु भयो । मैले कुर्सी बाहिरै ल्याएर राखिदिँए । तर १५ २० मिनेट गइसक्दा पनि नहिँडेकोल े मैले पुनः प्रश्न गरेँ । तपाई कसलाई खोज्दै हुनुहुन्छ ? अब कतिमिनेट बस्नु हुन्छ ?
ठूल्दाईलाई खोजेको उहाँलाई भेटनु छ उहाँले भन्नु भयो । तपाई उतै गएर भेट्नु होस् । उहाँ दोकानबाट निकै अबेला आउनु हुन्छ । तपाई उतै जानु होस् मैले भने । उहाँले अँध्यारो अनुहार लगाउनु भयो । तर दवै संयोग त्यसदिन ठूल्दाई (मेरो श्रीमान्) चाँडै घर आउनु भयो र आउने वित्तिकै उनलाई ओहो कमरेड कतिबेला आउनु भयो भित्र जाउँ भन्दै हात मिलाउनु भयो । म छक्क परेर पानी पानी भएँ ।
इन्दु गौतम
अघाउन्जेल गाली
मदन भण्डारी इतिहास र दर्शनशास्त्रमा असाध्य रुचि राख्नुहुन्थ्यो । मन परेका पुस्तकको सूचि हामीलाई दिनुहुन्थ्यो । हामी खोजी खोजी किताब ल्याइन्थ्यिौं । नपुगेर आफैं पनि किन्न जानुहुन्थ्यो ।
रातिबेला सुते पनि बिहान सबेरै उठनु हुन्थ्यो । नियमित योगाभ्यास गर्नुहुन्थ्यो । हामीलाई समेत उठाएर योग सिकाउनु हुन्थ्यो । लेखाइ बोलाई र गराइमा साह्रै सन्तुलन राख्नु हुन्थ्यो । जीवनशैली असाध्यै सरल थियो । हाम्रो घरबाट आउने पाउना उहाँसँग बोल्नासाथ लुपुक्कै झ्याम्थ्यिे घर व्यवहार दुख सुखका कुराबाट वार्तानलाप थालेर सबै सूचना संकलन गर्नुहुन्थ्यो । असल असल सल्लाह सुझाव दिनुहुन्थ्यो
आर्थिक मामिलामा एकदम सफा हुनुहुन्थ्यो । मेसको एक एक हिसाब डायरीमा टिपेर राख्नुहुन्थ्यो । हामीलाई राखेर छलफल गराउनुृ हुन्थ्यो । महिलासँगको व्यवहार र आर्थिक मामिलामा तलमाथि गर्नेलाई कुनै हालतमा छोडन हुँदैन भन्नु हुन्थ्यो ।
प्राज्ञिक विकासलाई अति महत्व दिनुहुन्थ्यो । कसैलाई परीक्षा छोडन दिनुहुन्नथ्यो । एक पल्ट मैले बिएको परीक्षा दिँदा अर्थशास्त्र छाडेँ । उहाँले अघाउन्जेल गाली गर्नुभयो ।
इश्वरी लामिछाने
‘दारी हो उम्र उम’
मदनजीको झुकाव साहित्य पटिनै थियो मोदनाथ प्रश्रित जीले बढी प्रेरित गरेर उहाँ राजनीतिमा आउनु भएको जस्तो लाग्छ । त्यसभावनालाई मलजल गर्ने कार्य चाहीँ पुष्पलाल र बिपिका राजनीतिक व्यक्तित्वले गरेका थिए । मदन जी कविता पनि लेख्ने गर्नुहुन्थ्यो । एक पटक दुग्ध विनायक धर्मशालाको हलमा नेता हुन्थ्येँ म पनि कि कतै दारी हो उम्र उम्र भन्ने समस्या पूर्तिको कविता सुनाउनु भएको थियो त्यो कविता हली दाई जस्तै चर्चित भयो ।
बनारसमा बस्ने तर अध्ययन नगर्ने राजनीति पनि नबुझ्ने दारी पारेर देखावटी नेताहुने मुर्ख व्यक्तिहरुलाई व्यंग्य गरेर त्यो कविता लेखिएको थियो। त्यस कविताले नेत ाबनेर विद्यार्थीहरुलाई ठग्नेहरुमा निकै हलचल ल्यायो । सोझा विद्यार्थीलाई फारम भर्ने भनी पैसा ठग्ने कमिशन खाने अनी आफूलाई विद्यार्थीको नेता भनाउने व्यक्तिमाथि व्यंग्य भरिएको थियो ।
एकराज ट्टराई
कालो टोपीको कमाल
हामी एक दिन इटहरीबाट पार्टी बैठकका लागि भनेर नरभाषा जाँदै थियौं हामीलाई सन्तलाल कहाँ जानु थियो । त्यो हाम्रो साहैं राम्रो सेल्टर थियो । हामी इटहरीबाट बीचको बाटो हुँदै घुस्कीबाट जाँदै थियौं । मानिस नचिनिने गरी अँध्यारो भइसकेको थियो हाम्रो झोलामा वर्ग संघर्ष र नयाँ मुक्तिमोर्चा थियो । हाम्रा अगाडी प्रहरीहरुको गस्ती रहेछ । तिनीहरु सात जना थिए क्यार हाम्रो जम्का भेट भयो । हामी दुबै जना सँग झोला थियो । मेरो झोलामा खुकुरी थियो । मेरो मुटु ढुकढुक गर्यो । अब के गर्ने ? भाग्ने की ?‘ तर मदन ठिंग उभिनु भयो अनि तिनहरुलाई पहिल्ैय सोध्नुु भयो ‘कताबाट आउनु भएको ? अब कताबाट निस्कने, तिनहरुले छक्क परेर हेरे, बोल्न पनि सकेनन् । एक छिन पछि एक जनाले हजुर साँझमै निस्किएको , छ नम्बर हुँदै नहर पुगेर फर्कियौँ । अब नौ नम्बर हुँदै निस्किने भन्यो ।
मदनले भन्नु भयो, ए सबै ठीकै छ नी ? हो भन्दै तिनहरुले हिँडनु अघि प्रश्न गरे । साहेब कहाँ सम्म हामी सँगै जानु पर्छ की ? मदनले बोली भुँइमा खस्नै नदिई भन्नु भयो, पदैन म उहाँकाहाँ सम्म जान्छु अनि त्यहीँ बस्छु ल जाओ म हिँडे । यति भनेर मदन सटासट हिँडनु भयो म पनि पछि लागेँ । तिहरुले हस त साब भने जिउ तन्काए, अनि हिँडे मदनले अलि अगाडी गएपछि मलाई भन्नु भयो, यिनीहरुले मलाई तिनिहरुको हाकिम ठाने, उनीहरुको हाकिम पनि यतै कतै आएको हुन सक्छ, यस्तो समयमा अत्तालिनु हुन्दैन । उनीहरुले सोध्न अघि आफैँले प्रश्न गर्नु पर्छ । उनीहरुलाई बोल्ने र पहिले सोध्ने मौका नै दिनुहुँदैन । अनी उनीहरुले मौका पाउँदैनन् । फेरि धेरै लामो कुरा पनि गरिरहनुृ हुँदैन त्यस्तो भयो भने पनि फेरि समस्या हुन सक्छ ।
हामी अगाडी लाग्यौं । त्यस दिन पनि मदनको टाउकोमा कालो टोपी थियो ।
ओम कोइराला
प्रतिक्रिया