चुनौतिका पथ्थर फोरेर पर्यटनको पिपल उमार्दै सिर्जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटामा मात्र २६ थरिको गुराँस पाइँदो रहेछ । तिनलाई संरक्षण गरेर, मिलाएर कतै पार्कहरु सजाउन सक्यौं र त्यो हेर्न संसारभरीका पर्यटक बोलाउन सक्यौं भने ? कति क्षेत्रमा यसको प्रभाव पर्ला?
होटल देखि होमस्टे सम्म कति भरिभराउ होलान् ? विदेशी मुद्रा कमाउन स्वदेश छोडेर हिँडेको युवाले विदेशीलाई तिनीहरुको मुद्रा बराबरको खर्च त नेपालमै बोलाएर गराउन सकिन्छ भन्ने सोच्ला कि नसोच्ला ?

होटल एसोसिएसन नेपालकी नवनिर्वाचित अध्यक्ष एवं होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणा आफ्न चनाखा आँखाहरुले यस्तै अथाह सम्भावनाहरुको तर्फ गरिरहेको छ ।

देशकै आर्थिक गतिविधिको एउटा महत्वपूर्ण हब भन्न सकिने दरबारमार्गमा अवस्थित आफ्नो होटलका प्रत्येक गतिविधिको निगरानी र तत्काल आवश्यक एक्सनमा गईहाल्नु पर्ने जस्तो व्यस्त दैनिकीमाथि अब देशभरीका होटललाई देशको पर्यटन क्षेत्रलाई माथि उठाउने जिम्मेवारी पनि उहाँकै काँधमा आइपुगेको छ ।
यस्तो व्यस्तताका बीचघामछायाँलाई समय दिनुभएकी राणा नेपाली होटलहरुको कोठा भर्नका लागि संसार भर नेपाली उत्पादन चिनाउने, त्यहाँसम्म पुग्नका लागि आवश्यक कनेक्टिभिटी निर्माण गर्ने र ति क्षेत्रमा स्थापनाहुने होटलहरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर नेपाली खानाको स्वाद चखाउने सपनालाई साकार रुप दिनका लागि पाइला चाल्दै हुनुहुन्छ ।

यस्तो काम राज्यको अहिलको संचरना जस्तै प्रदेश हुँदै स्थानीय स्तर सम्म पुर्याउने सोचाई उहाँको छ । यसका लागि पुर्वाधार विकास गर्न सरकारलाई घचघच्याउने सोचाई पनि उहाँको छ । भन्नुहुन्छ, ‘हामीले पर्यटकलाई देखाउने वस्तु र स्थानहरुमा सहज र सुरक्षित आवागमन हुनु प¥यो र बसोबासको व्यवस्था पनि स्तरीय हुनुप¥यो’ ।
यो दृष्टिकोणको पृष्ठभूमिमा राणाले २१ वर्षे युवा वयदेखि हालसम्म गरी ३५ वर्ष पर्यटन क्षेत्रमा गर्नुभएको समर्पण छ ।

त्यतिबेलाको समाजलाई विस्मित तुल्याउने गरी एउटा छोरी मान्छेको होटल व्यवस्थापन पढाई, सत्कार क्षेत्रमा पेशागत सुरुवात र काम प्रतिको अतिशय लगाव ले पनि त्यस दृष्टिकोण निर्माणका लागि योगदान दिएका छन् ।
‘होटलमा आउने अतिथिहरुलाई स्तरीय र आत्मीय सेवा दिन मैले उनीहरुको प्लेट उठाउने र बाथरुम सफा गर्ने सम्मको काम गरेकी छु । अहिले पनि परिआएको खण्डमा त्यस्ता काम गर्न विना हिचकिचाहट तयार हुन्छु’, उहाँको काम प्रतिको लगाव यस्तो छ ।


यही लगावका कारण विगतमा द्वन्द्व आदि कारणले भुमरीमा परेको जहाज जस्तो भएको होटल व्यवसायलाई उद्धार गर्न आन्तरिक पर्यछन र आफ्नो होटललाई लोकप्रिय सभा समारोह स्थल (व्यांक्वेट)का रुपमा समेत सफल प्रवर्धन गरेको अनुभव उहाँसँग छ ।
लगावपूर्ण विगतसँगै अबका दिनको यात्राबारे पनि उहाँ प्रष्ट र कृत संकल्पित हुनुहुन्छ । अब देशका कुना काप्चामा रहेका साँस्कृतिक तथा प्राकृतिक ‘टुरिस्ट प्रोडक्ट’ हरुलाई विश्वभर चिनाउने, पर्यटन पुर्वाधारको विकासका लागि राज्यलाई घचघच्याउने र नेपाली खानालाई विश्वस्तरमै लोकप्रिय बनाउने लक्ष्य उहाँको छ ।
पर्यटन क्षेत्रमा नीतिहरु र कानुनहरु पर्याप्त र राम्रा हुँदा हुँदै पनि तिनको प्रभावकारी कार्यान्वय नै अहिलेको मुख्य कार्यभार एवं चुनौति भएको उहाँलाई लाग्छ ।
सर्जनाका दृष्टिमा पुर्वाधारको अभाव, प्रभावकारी बजार प्रवर्धनको अभाव, अन्तर्राष्ट्रिय स्तरको सेवा दिन नसक्नु, प्रशिक्षण र ज्ञानमा कमी र सत्कार व्यवसायका ज्ञान, अनुभव र उपलब्धीहरुको ठोस मूल्याँकन तथा विश्लेषण हुन नसक्नु भएको उहाँ बताउनुहुन्छ ।
यसका लागि सर्जनाले सरकारसँग बनाइएका नीति र नियमको प्रभावकारी कार्यान्वयन तथा होटल व्यवसायलाई सरकारको उच्च प्राथमिकतामा पार्ने र यसमा सुरक्षाको विषयलाई समेत सम्बोधन गर्ने अपेक्षा राख्नु भएको छ ।
होटल व्यवसायलाई मुख्य व्यवसायको रुपमा राखी नीति नियमहरुको समय समयमा समीक्षा, अधिक करको भार कम गर्ने पहल र अन्तर्राष्ट्रिय बजार अनुरुपका नीति नियमहरुको व्यवस्था सत्कार क्षेत्रलाई आवश्यक भएको उहाँ बताउनु हुन्छ ।
यो क्षेत्रमा आएका नव प्रवेशी तथा आउन चाहेकाहरुलाई यो क्षेत्र सेवा प्रदायक क्षेत्रभएको कुरालाई पहिलो पाठका रुपमा लिन उहाँ आग्रह गर्न चाहनुहुन्छ । सेवा व्यवसाय गर्दा नेपाली मौलिकता, स्थानीय रहन सहनलाई समेटर सेवाको स्तर अन्तर्राष्ट्रिय बनाउनु पर्ने धारणा उहाँको छ । एक सत्कार व्यवसायी र अर्को सत्कार व्यवसायी बीचको सौहार्द व्यवहार तथा सहयोगी भाव नै उन्नतीको बाटो भन्ने उहाँलाई लाग्छ ।


खारिएको अनुभव, काम उच्चलगाव र निर्दिष्ट लक्ष्य सहित अघि बढनुभएकी नेपाली सत्कार व्यवसायको स्तर सिर्जना सफल हुनुहोला ? उहाँको विगतको ट्रयाक रेकर्ड र अहिलेको समपर्ण कवि शिरोमणी लेखनाथ पौडेलका यिनै शब्दहरु सम्झाउँछन् ।

ढुंगाको काप फोरेर, पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कहिल्यै हुन्न विफल