ब्रुमरले मात्रै कति बडारोस् राजधानीको धुलो
अनकौं लम्बेतान प्रशासनिक झन्झट पछि झन्डै १२ करोड रुपैयाँ खर्चेर ल्याइएका पाँच वटा बु्रमर मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएका छन् । धुलोको मुस्लोका कारण दैनिक जीवनमै असर व्यहोर्न बाध्य राजधानीका जनतालाई अब केही भइ पो हाल्छकी भने जस्तो भएको छ ।
तर सोही बु्रमर उद्घाटन कार्यक्रममा महानगर पालिकाका प्रमुख विद्यासुन्दर शाक्यदेखि वातावरण समितिका संयोजनक सम्मको भनाई सुन्ने हो भने बु्रमर नगर बासी र नागरिकको बानी व्यहोरामा पनि लगाउनु पर्ने जस्तो देखिन्छ ।
महानगरले पुर्व प्रमुख प्रशासकीय अधिकृत इश्वर राज पौडेलको शब्दमा जुद्ध सम्शेर जबराको पालामा सुरु गरिएको कुचोले बढार्ने युग समाप्त पार्न ब्रुमरको युग आएको हो । तर आफुले गरेका फोहर जथाभावी फाल्ने, सडकमा महिनौसम्म निर्माण सामग्र अव्यवस्थित रुपमा थुपार्ने लगायतका प्रवृत्तिहरु भने राणाकालदेखि कै निरन्तर छन् । यसले गर्दा पौडेलकै भनाई जस्तो आगन बढारेरको फोहर पिढीँमा लगेर थुपार्ने काम भइरहेको छ ।
विकासे संस्थाहरुको पनि यसमा कम दोष छैन । सडक बनाउन सामान्य भन्दा कयौं गुनाबढी समय लगाउने र सडक बनाउनु भनेको निश्चित खण्डमा अलकत्रा ओछ्याउनु मात्र हो भन्ने प्रवृत्ति छ । यसले गर्दा सडक कालो पत्र गरेपछि पनि फुटपाथ र भित्री सडकको दुरावस्था तथा साइड ड्रेनमा फोहर भरिएका कारण वर्षा पछिको सडक सर्वाधिक घुलोयुक्त देखिन्छ ।
वाकपटुता नभएको र देखिने गरी बहिमुर्खी नभएका कारण आलोचनाको पात्र बनाइने गरिएका महानगर प्रमुख विद्या सुन्दर शाक्य स्पष्ट सत्य बोल्छन्, ब्रुमर ल्याउनु त्यति ठूलो कुरा होइन । तर प्रशासनिक झन्झट र आफ्नो स्वार्थ नभएको कुरामा भाँजो हाल्ने बानीका कारण पाँच वटा ब्रुमर भित्र्याउन दुई वर्ष लाग्यो ।
उनको अर्को सत्य प्रवाह थियो, बु्रमर लगाउने सडक पनि त हुनु पर्यो नी ? बु्रमर लगाउनु पर्ने सडक बनाउन ८ मिटर चौडाई भन्दा फराकिलो सडकको जिम्मा लिएको सडक विभावले महानगरलाई साथ दिनुपर्छ ।
जताततैका कालो पत्रे खनेर खाने पानीका लागि खाल्टो र खोल्सा खनिरहेको मेलम्ची परियोजनाले साथ दिनुपर्छ ।
त्यतिबेला मात्रै काठमाडौं सुन्दर देखिन्छ र अहिले विश्वका यात्रा सुचि तय गर्ने संस्थाहरुले संसारको पाँचौ घुम्न लायक शहरमा राखेको काठमाडौं चार तिन दुई हुँदै एक नम्बरको घुम्न लायक शहर बन्ने छ ।
प्रतिक्रिया