फेरि झुक्यायो बेलायतले : गेसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा भूपु सैनिकहरूले हालै बेलायतले गोर्खा सेना बारे गरेको घोषणा कपटपूर्ण भएको बताएका छन्

“भाडाको सिपाइ जन्माउने देश नेपाललाई नपारsss”

कुनैबेला जनताका गीत गाउनेहरुले गाउँ वस्ती पुर्याएको यो गीत अहिले अहिले फेरि सम्झनु पर्ने भएको छ । बेलायतमार्फत ऐतिहासिक र विश्वव्यापी गोर्खाली पल्टनको परिचय बनाएर बसेका गोर्खाहरगेसोका सभापति कृष्णकुमार रार्इृ र गोर्खाली सेनामै पिएचडी गरेका चन्द्र लक्सम्बाको भनाई छ, नेपाल भाडाको सिपाही जन्माउने देश होइन भन्ने कुरा स्थापित गर्न समानकामको समान ज्याला कायम हुनु जरुरी छ ।

प्रथम र दोस्रो विश्वयुद्ध तथा त्यसयताका विभिन्न युद्धहरुमा बेलायतका लागि रगत बगाएका गोर्खाहरु अहिले त्यसैको मुल्य बेलायत सरकारसँग माग्दैछन् । केही साता अघि बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरको नेपाल भ्रमण र त्यसपछि बेलायत सरकारले गोर्खाका बारेमा गरेको एक तर्फ निर्णयले
गोर्खाहरुलाई नयाँ ढंगले आन्दोलित हुन र रगतको मुल्य अझ कस्सिएर माग्न थप उद्देलित गरेको छ ।
यसैबारे जानकारी दिन राजधानीमा सोमबार गोर्खा भूतपुर्व सैनिक संगठन (गेसो)ले आयोजना गरेको पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले भन्नुभयो, “गोर्खा सैनिक माथि विभेद भएको कुरा पहिलो पटक स्वीकारेको बेलायतले अब भने प्राविधिक र प्रक्रियागत उल्झन देखाएर गोर्खा सैनिक र नेपाल राज्यलाई झुक्याउने कार्य गर्दै विभेद कायम राख्ने नीति लिन थालेको छ ।”

उही देशका लागि र जीवनको उस्तै जोखिममा उही मानवीय रगत बगाएरका आफ्ना देशका गोुरा नागरिक र नेपाली माटोमा जन्मिएका गोर्खा सैनिकको सुविधाबीच झन्डै ९५ प्रतिशत फरक गरेर मानवअधिकार र प्रजातन्त्रको जननी भनिने बेलायतले विश्वभर लज्जा प्रदर्शन गरिरहेको राई बताउनुहुन्छ ।
अब अर्को संघर्ष गरिने जानकारी गेसोले दिएको छ .

गेसोका मागहरु

गेसोले आज सार्वजनिक गरेको तीन महिने संघर्षका कार्यक्रम

कार्यक्रममा बेलायती गोर्खा सेनासम्बन्धी विषयमा विद्यावारिधि गरेका चन्द्र लक्सम्बाले बेलायतले गोर्खा सेनामाथि गरेको भेदभाव पूर्ण व्यवहार बेलायती गोर्खा सेनाको मात्र नभई नेपाली जातीकै अपमान भएको बताउनुभयो । यस विरुद्ध गोर्खा सेना र तिनका सन्तानले लामो समय विभिन्न कुरा अगाडी ल्याउँदै टार्न खोजे पनि समान कामबापत समान दामको लक्ष्य प्राप्त नभएसम्म गोर्खाली आन्दोलन जारी रहने उहाँको भनाई थियो ।