कुल संख्या र सरकारी स्कुलका परीक्षार्थीमा बढी देखिने छात्राहरु निजीतर्फ भने छात्रभन्दा कम छन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईले चखाएको नमिठो स्वाद । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।
भोलीदेखि सुरु हुन गइरहेको एस इ इ परीक्षामा सहभागी छात्राको संख्याले देशमा छोरीमाथि हुने भेदभाव प्रष्ट देखाएको छ ।
समग्रमा छात्रा बढी छन् । सामुखायिक विद्यालयबाट परीक्षा दिने तीन लाख ४० हजार छात्रामा पनि छात्राकै संख्या बढी अर्थात् ५३.४४ प्रतिशत छन्।
तर छक्क लाग्दो कुरा अभिभावकले आफ्रनो सम्पूर्ण आर्जन र शक्ति लगाएर पढाउने निजी विद्यालयमा भने छोरीलाई भन्दा छोरालाई प्राथमिकतामा राखेको देखियो ।
यसको प्रष्ट प्रमाण एस इ इ को यो तथ्यांकले दिन्छ । …..
निजी विद्यालयहरुबाट परीक्षामा सहभागी हुने कुल एक लाख ३४ हजार नौ सय सात विद्यार्थी मध्ये मात्र ४२.१ प्रतिशत अर्थात् ५६ हजार सात सय ५१ जना विद्यार्थी छात्रा रहेका छन् । छोरीको शिक्षा निकै लामो समय देखि समस्याको विषय बनेको हाम्रो समाजमा शिक्षा दिँदा पनि राम्रो भनिएको निजी विद्यालयको शिक्षा भने अभिभाकले छोरालाई नै दिलाउन खोज्ने दुखद पाटो यो तत्थांकले उघारी दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हँुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ ।
यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले भने प्रदेशअनुसार प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्नेछ । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम गर्ने यस वर्ष प्रदेश सरकारले परीक्षाफल भने प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी बोर्डले नै लिएको छ।
परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ
प्रतिक्रिया