पहिले कै सजिलो खोज्दै मासु व्यवसायी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खसीको मासुको भाउ बढ्यो…… भन्छन्, अबको दसैंमा प्रतिकिलो दुई हजार पुग्न सक्छ ।

केही साता अघिसम्म प्रतिकिलो ९ सय देखि १००० रुपैयाँ पर्ने खसीको मासु अहिले ११ सय रुपैयाँ भन्दा बढी पुगेको छ ।
एक साता अघिदेखि भारतबाट खसी बोका राँगा भैंसी भेडा बंगुरका साथै तयारी मासु र माछासमेतको आयातमा सरकारले कडाइ गरेपछि यस्तो हुन गएको हो ।
स्वदेशी उत्पादनको बजार बढाउन र उपभोक्तालाई भारतबाट आयातित अस्वस्थ्य मासुको जोखिममा पर्न नदिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पशु पंक्षी आयातमा रोक लगाएकोृ हो ।
सरकारले रोक लगाए पछि भारतबाट सस्तोमा जाँच नगरिएका पशु ल्याएर राजधानी लगायतका शहरमा महंगो मुल्यमा विक्रि गर्दै आएका व्यवसायी र विचौलियाहरु भने रुष्ट भएका छन्। उनीहरुले स्वदेशी उत्पादनले मात्र बजारको माग धान्न नसक्ने भन्दै विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् ।
यसक्रममा गत सोमबार सिंहदरबार स्थित पशुपंक्षी मन्त्रालय पुगेको मासु व्यवसायी टोलीका एक सदस्यले घामछायाँसँग सरकारले आफूहरुलाई “गरिखान नदिने“ नीति ल्याउन लागेको बताए । “भारतले आफूलाई मासु पर्याप्त नहुँदा नहुँदै पनि सिमा क्षेत्रको खसी बोका ल्याउन छुट दिएको थियो । अब यतैको सरकारले रोक्ने भएपछि बजारमा खसीको भाउले आकाश छुने छ । ”
ति व्यवसायीले अहिले पहाडी क्षेत्रबाट खसी आपूर्ति हुँदै गरेको समेत बताउँदै भने, दशैंका लागि पालिएका ति खसी अहिले नै आउन थालेपछि दसैंमा खसी प्रतिकिलो दुई हजार रुपैंया सम्म पुग्छ ।