१७ फागुन, काठमाडौं । चर्चित पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाका दाजु लाक्पा सोनाम शेर्पाले भाइको सपना पूरा गर्न कोशिस गर्ने बताएका छन् ।
हेलिकोप्टर दुर्घटनामा बुधबार निधन भएका यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङ छिरिङलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेल पुगेका दाजु लाक्पा सोनामले पर्यटन क्षेत्रको विकास गर्ने भाइको ठूलो सपना रहेको बताए । भाइको त्यो सपना पूरा गर्न अब आफूले कोशिस गर्ने उनले बताए ।
प्रतिक्रिया