प्रकाश : सुपमा रंगकर्मको आभा

प्रकाश कुँवर सुदूर पश्चिमी कलाकार

“सुप” , अर्थात सुदूर पश्चिमलाई पनि नेपाली रङकर्मले रंगाउन थालिसकेको छ । अरु मानव सुचांकमा केन्द्र र अन्य प्रदेशको तुलनामा आफूलाई पछि नै पारिएको ठान्ने सुदूर पश्चिम अब विस्तारै सृजना क्षेत्रमा पनि दौड लगाउन थालेको देखिन्छ ।
यसैको एउटा उदाहरण हुन्, सुदूर पश्चिमी जिल्ला दार्चुलाका ५.८ फिट अग्ला युवा अभिनेता प्रकाश कुँवर । मोडलिङबाट सुरु भएको उनको रंग कर्म हेर्दाहेर्दै फिल्म लाइनमा मै ब्यस्त हुने अवस्थामा पुगेकाछन् ।

प्रकाश कुँवर
सुदूर पश्चिमी कलाकार

सुन्दर जिउज्यानका धनी प्रकाश अचेल निर्माताको रुपमा समेत चिनिन थालेका छन् । विकट जिल्ला दार्चुला भूगोलले मात्रै टाढा छैन बिकासका हरेक कुराहरु बाट पनि उत्तिकै बन्चित छ। तर पनि हुने बिरुवाको चिल्लो पात भनेझै गाउको परिबेशले फरक पारेन। अचेल उनी काठमाडौ स्थित बौद्धमा बसोबास गर्छन। उनको सपना नेपाली फिल्म उध्योगलाई ब्यवसायिक बनाउने भन्ने छ। द्दण्ज्ञज्ञ देखि मोडलिङ क्षेत्रमा आएका उनले अहिले सम्म मूूलधारका दुईवटा फिल्ममा काम गरिसकेका छन् । हाल आएर निर्माताका साथै खलनायकको भूमिकामा समेत देखार्दैछन।
यस्तै भूमिका रहेको नेपाली फिल्म उद्योग सर्वाधिक धेरै बजेटको फिल्म लप्पन छप्पन द्द बजारमा आउदैछ । करिब चार करोड रुपैयाँमा मा निर्मित उक्त फिल्ममा निर्माताका साथै खलनायकी भूमिकामा देखिएका छन् । बाल्यकाल देखिनै नेपाली फिल्म उधोगमा जम्ने सपना देखेका प्रकाश अचेल उक्त फिल्मको काममा निकै ब्यस्त छन। दार्चुला जस्तो विकट गाउँमा बसेर देखेको सपना आज काठमाडौमा आएर पूरा हुँदैगरेको उनी बताउछन् । फिल्ममा नया नया कुरा गर्न रुचाउने उनी अर्को फिल्मको गृहकार्यमा समेत जुटेको बताउछन। फिल्म लाइन भने जस्तो सजिलो नभए पनि आत्मविश्वास भए सफल हुन सकिने बताउछन । फिल्म लाइनमा सघर्स त धेरै छ तर पनि नया दिन सके सफल अवस्य हुनेमा आशावादी छन् ।