हामी जनप्रनिधिका रुपमा निर्वाचित भएपछि गाउँपालिकालाई आइटि भिलेज बनाउने योजनका साथ लाग्यौं । सर्वप्रथम सबै वडामा अप्टिकल फाइबर विछ्याउने काम पनि गरियो। गाउँको दीर्घकालिन विकास र रोजगारी सृजनालाई ध्यानमा राख्दै प्राविधिक शिक्षामा जोड दिने र सबै उच्चशिक्षालयमा स्नातक तहमा बिएस्सी आइटी पढाउन थाल्यौं ।
सार्वजनिक बिद्यालयको गुणस्तर सुधारका लागि गाउपालिका भित्रका सम्पुर्ण सार्वजनिक बिद्यालयका प्रधान अध्यापक, बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष र जनप्रतिनिधिहरु बिचको अन्तरकृयामा आएका रचनात्मक सुझाबका आधारमा सार्वजनिक शिक्षाको सुधारका लागि ११ बुँदे प्रतिबद्धता जारी गरीएको छ।
शिक्षा
सिद्धार्थ माविमा विद्युतीय हाजिरी व्यवस्थाबाट यसको सुरुवात गरिएको छ । यसअघि शिक्षकहरु ढिलो विद्यालय जाने र छिटो बाहिरिने गुनासो समेत गाउँपालिका कार्यलयमा आउने गरेको थियो । यस वर्ष गाउँका १० विद्यालयमा विद्युतीय हाजिरी जडान भएको छ भने आगामी आर्थिक वर्ष्भित्र सम्पूर्ण विद्यालय एवं अन्य कार्यालयमा यो प्रविधि जडान गरिने छ । स्थानीय तहका जनप्रतिनिधि शिक्षा सुधार गर्ने जागरुकताका साथ स्थानीय शिक्षा नीति निर्माणको लागि समेत जुटिरहेका छन् । विषयगत विज्ञसँग बृहत छलफल गरी छिट्टै स्थानीय शिक्षा ऐन पारित गर्ने तयारीमा छौं यसै वर्ष विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन र सार्वजनिक विद्यालयको सुधारमा डिस्टेन्ट लर्निङ सेन्टर र ई(लाइब्रेरी निर्माण हुँदैछ । यसै गरी सबै माध्यमिक विद्यालयमा कम्प्युटर अध्ययन अनिवार्य गराउन पुर्वाधारमा सहयोग गर्ने , माविमा तृतीय तहको कम्प्युटर शिक्षकको दरबन्दी ब्यबस्था गर्ने र बालबिकास कक्षामा पढाउने सम्पुर्ण बिद्यालयका शिक्षकलाइ ब्यबस्थित तालिम र मासिक तलबमा एक हजार रुपैयाँ प्रोत्साहन स्वरुप थप गर्ने निर्णय पनि गरेका छौं ।
कृषि
अदुवा किसानकै बारीमा कुहिने तर बजार नपाउने जस्ता समस्या तथा नयाँ कार्य योजना निर्माणका लागि अदुवा किसानहरु, ५ वटा कृषि वार्ड समितिका अध्यक्ष, गाउँपालिकाका कृिष समितिका पदाधिकारी, कृषि शाखाका कर्मचारी र गाउँपालिकाका पदाधिकारीको सहभागितामा एक दिने रुपन्देही अदुवा कृषि उद्योगको अवलोकन भ्रमण सम्पन्न भएको छ । बेमौसमी तरकारी खेती तालिमका लागि एक घर एक करेसाबारी वडाको कार्यक्रम अन्तरगत यस वर्ष ५० जना कृषकलाई प्लास्टिक घरभित्र तरकारी खेतीका गर्न प्लास्टिक र बीउका लागि सात सय ५५ रुपैयाँ अनुदान दिइने छ । गाउँपालिकासम्पुर्ण वार्डमा कृषि समिती गठनभए पछि गीता लामिछानेको अध्यक्षतामा १७ सदस्यीय गाउँपालिका स्तरीय कृषि समितिसमेत निर्माण भएको छ। “एक गाउँ एक उत्पादन” कार्यक्रमका लागि सम्भाब्यता अध्ययन पनि यसै बर्ष सम्पन्न हुदै छ। गाउँमा मासिक रु १ लाख ५० हजारको पनिर बेच्ने कृष्णप्रसाद पौडेलजस्ता परिश्रमी किसानलाई प्रोहत्सान गर्ने नीति पनि हामीले लिएका छौं ।
पर्यटन क्षेत्र
क्षेत्रीय सङ्ग्रालय पोखरा र पुरातात्विक बिभागका कर्मचारीबिच स्थलगत अध्ययन गरी रामकोटमा गुरुङ सङ्ग्रालय निर्माण र नुवाकोटमा पुरातात्विक महत्वको स्थानको संरक्षणको पहल गरिएको छ । भालुपहाड क्षेत्रको समेत बृहत् पर्यटन पुर्वाधार बिकासका लागि विभिन्न क्षेत्रमा अध्ययनको थालनी ड्रोनबाट डाटा कलेक्सन गर्ने काम मार्फत हुँदै छ । ऋत्भ्ख्त् को सहकार्यमा कम्तीमा एउटा प्राबिधिक शिक्षालयको स्थापना गर्न तत्काल कार्य थालनी गरिने छ ।गाउँपालिकावासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न गाउँपालिकामा रहेका विभिन्न स्रोतहरुको पहिचान गरी आधुनिक प्रविधिबाट खानेपानी व्यवस्था तथा एक घर एक धाराको अभियान लागु गरिनेछ ्र फेदीखोला गाउँपालिका साल्मे डाँडामा निर्माणाधिन गोर्खा स्मारक पार्क विश्वकै ध्यान तानेको बहुचर्चित राष्ट्रिय परियोजना हो यसलाई सफल पार्न सम्पूर्ण शक्ति लगाइने छ ।
फेदिखोला गाउँ पालिका अध्यक्ष घनश्याम सुवेदीसँग गरिएको कुराकानीमा आधारित
प्रतिक्रिया